Friday, April 19
Shadow

Tag: सुकुम्बासीलाई धनीपुर्जा वितरण

सुकुम्बासीलाई धनीपुर्जा वितरण

सुकुम्बासीलाई धनीपुर्जा वितरण

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
विश्व मानवअधिकार दिवसका अवसरमा नगरपालिकाले झापाको कनकाई–८ का  २० सुकुम्बासीलाई जग्गा धनीपुर्जा वितरण गरेको हो । सो अवसरमा नगर प्रमुख राजेन्द्र पोखरेलले हरेक मानिसले भूमि पाउनुपर्ने मानवअधिकारभित्रकै एउटा अधिकार भएकाले जग्गा धनीपुर्जा वितरण गरिएको बताउनुभयो । कनकाई वडा नं ८ थप ३० वटा र वडा नं ५ को ९० वटा धनीपुर्जा तयार भइसकेको जनाइएको छ । नगरमा रहेका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बासोबासीलाई धनीपुर्जा वितरण गर्ने कार्यक्रमअन्तर्गत नै नगरपालिकाले जग्गा धनीपुर्जा वितरण गरेको हो । नगरपालिकाले तयारी धनीपुर्जा वितरण गर्ने तयारी गरे पनि भूमि आयोग झापाले प्रमाणीकरणको काम बाँकी रहेकाले प्रतिलिपिमात्र उपलब्ध गराएको छ । “भूमि ऐनले तथ्याङ्क सङ्कलन र धनीपुर्जा वितरणको अधिकार स्थानीय तहलाई दिएको छ”, नगरप्रमुख पोखरेलले भन्नुभयो, “छ दशकदेखि यहाँका नागरिकले धनीपुर्जा नपाएको अवस्था छ, अब त...