Thursday, March 28
Shadow

Tag: सिटिजन्स बैंक

सिटिजन्स बैंकको चौधौं वार्षिक साधारण सभा सम्पन्न, ८ प्रतिशत बोनस पारित

सिटिजन्स बैंकको चौधौं वार्षिक साधारण सभा सम्पन्न, ८ प्रतिशत बोनस पारित

आर्थिक, समाचार
काठमाण्डौँ, मंसिर २१ सिटिजन्स बैंक इन्टरनेसनलको चौधौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीको अध्यक्षतामा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । वार्षिक साधारणसभाले आव २०७६/७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरेको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित आव २०७६÷७७ को नाफा नोक्सानको हिसाब तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरण पनि छलफल गरी स्वीकृत भएको छ । साधारण सभाले गत आर्थिक वर्ष २०७६/७७ को वितरण योग्य मुनाफाबाट ८ प्रतिशतका दरले ७२ करोड ७१ लाद ८५ हजार ३ सय ८३ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने र ३ प्रतिशतका दरले हुन आउने २७ करोड २६ लाख ९४ हजार ५ सय १८ रुपैयाँ बराबरको नगद लाभांश (लाभांश कर समेत) दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।...