Saturday, April 20
Shadow

Tag: सिक्लेस हाइड्रोको आईपीओ बाँडफाँड भोलि हुने

सिक्लेस हाइड्रोको आईपीओ बाँडफाँड भोलि हुने

सिक्लेस हाइड्रोको आईपीओ बाँडफाँड भोलि हुने

ब्यानर समाचार 2
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलका अनुसार सर्वसाधारणको लागि निष्कासन गरेको सिक्लेस हाइड्रोको  आईपीओ असोज ११ गते  भोलि बिहान ९ बजे शेयर बाँडफाँड  हुने भएको छ । सिक्लेस हाइड्रोपावर लिमिटेडले  कम्पनीको आईपीओमा १५ लाख ३८ हजार ८३८ वटा आवेदनबाट १ अर्ब ७२ करोड ४४ लाख ३८ हजार रुपैयाँ बराबरको १ करोड ७२ लाख ४४ हजार ३८० कित्ता शेयरको लागि आवेदन परेको छ । यो सर्वसाधारणलाई निष्कासन गरेको १० लाख ५८ हजार कित्ता शेयरको १६.२९ गुणा बढी हो । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ११ लाख ५० हजार कित्ता शेयर निष्कासनमा ल्याएको हो । त्यसमध्ये  ३४ हजार ५०० कित्ता शेयर कम्पनीका कर्मचारीहरूका लागि र ५७ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषहरूमा बाँडफाँड गरिएको छ । बाँकी १० लाख ५८ हजार कित्ता शेयर मात्रै सर्वसाधारणको लागि वितरण हुनेछ ।  ...