Saturday, April 20
Shadow

Tag: सांसद हित बहादुर तामाङ

संसद् विघटन सिफारिस असंवैधानिक,अलोकतान्त्रिक र निरंकुश तन्त्रको अभ्यास : सांसद तामाङ

संसद् विघटन सिफारिस असंवैधानिक,अलोकतान्त्रिक र निरंकुश तन्त्रको अभ्यास : सांसद तामाङ

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष ५ ताजा जनादेशक‍ो नाममा सरकारले सार्वभौमसत्ता सम्पन्न संसद्को विघटन गर्न सिफारिस गर्नु असंवैधानिक अलोकतान्त्रिक र निरंकुश तन्त्रको अभ्यास भएको नेकपा केन्द्रिय सदस्य एवम् नुवाकोट प्रतिनिधिसभा १ का सांसद हित बहादुर तामाङले बताए । आइतबार बिहानको आकस्मिक मन्त्रिपरिषद बैठक राखेर प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेका छन्। सो पश्चात नेकपा तथा प्रतिपक्ष दल नेपाली कांग्रेस र अन्य दलका सांसदहरुले त्यसको विरोध जनाएका छन् । सरकारको त्यस्तो प्रवृत्तिले नेपाली जनताको घोर अपमान गरेको छ र मुलकुलाई अस्थिरता तर्फ धकलेको छ। सरकारको यस प्रकारको गैरसंवैधानिक कार्यको सर्वत्र भत्सर्ना गरौं, भनि सामाजिक संजाल फेसबुक मार्फत सांसद तामाङले आफ्नो धारण व्यक्त गरेका छन् । ...