Friday, April 26
Shadow

Tag: सहयोग

चट्याङबाट मृत्यु भएका परिवारलाई रु एक-एक लाख सहयोग

चट्याङबाट मृत्यु भएका परिवारलाई रु एक-एक लाख सहयोग

आर्थिक, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, पुस १८ । सप्तरीमा चट्याङबाट मृत्यु भएका चार जनाको परिवारलाई राहतस्वरुप रु एक/एक लाख प्रदान गरिएको छ । प्रदेश नं २ सरकारले राहतस्वरुप रु एक/एक लाखका दरले मृतक चार जनाको परिवारलाई आज सहयोग उपलब्ध गराएको हो । राजविराजस्थित भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहको सम्पर्क कार्यालयमा एक कार्यक्रमको आयोजना गरी मृतक परिवारलाई जनही रु एक लाखको चेक हस्तान्तरण गरिएको हो । मन्त्री साहले सप्तरीको महादेवा गाउँपालिका–२ का २८ वर्षीय बेचन यादव र सोही ठाउँका ६० वर्षीय नकछेदी ठाकुर, डाक्नेश्वरी नगरपालिका–९ का ३० वर्षीया ललितादेवी यादव र राजगढ गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय केसीलाल साहको परिवारलाई रु एक/एक लाखको चेक हस्तान्तरण गर्नुभएको हो । वर्षासँगै परेको चट्याङले गत असार ११ गते सप्तरीमा चार जनाको मृत्यु भएको थियो । घरमा गोसाइँ गाड्ने पूजाकर्मका लागि बुवाआमा र साथ...