Friday, April 19
Shadow

Tag: सवारी चालक अनुमतिपत्र

आजबाट खुला भयो सवारी चालक अनुमतिपत्रका लागि अनलाइन फारम

आजबाट खुला भयो सवारी चालक अनुमतिपत्रका लागि अनलाइन फारम

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस १४ । कारोना महामारी सुरु भएपछि बन्द गरिएको सवारी चालक अनुमतिपत्रका लागि अनलाइन फारम आजबाट खुला भएको छ । सरकारले गत चैतदेखि सवारी चालक अनुमति पत्र वितरण प्रक्रिया रोकेको थियो । स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूरा गरेर आजदेखि सातै प्रदेशमा सवारीचालक अनुमतिपत्रका लागि अनलाइन फाराम खुला गरिएको यातायात विभागका निर्देशक डा।लोकनाथ भुसालले जानकारी दिनुभयो । लकडाउन अगाडि लिखित परिक्षा दिएर पनि ट्रायल दिन नपाएका परीक्षार्थीको चाँडै ट्रायल परीक्षा लिने विभागले जनाएको छ । यसको लागि विभागले आन्तरिक तयारी गरीरहेको र कानुनी जटिलता समाधान भएसँगै ट्रायल लिने विभागले जनाएको छ । उपत्यकामा चारसहित देशभर विभागका १७ कार्यालयबाट अनुमतिपत्र वितरण, नवीकरण गरिँदै आएको छ । हाल मोटरसाइकलमा दैनिक १ सय, स्कुटर र चारपाङग्रे सवारीमा ५०र५० गरी कुल २ सयले अनलाइन आवेदन दिन पाउने व्यवस्था गरिएको छ । य...
एक सातापछि सवारी चालक अनुमतिपत्रको परीक्षा खुल्ने

एक सातापछि सवारी चालक अनुमतिपत्रको परीक्षा खुल्ने

टिप्स, समाचार
काठमाण्डौँ, पुष ७ कोरोना महामारीले नौ महीनादेखि रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा अब भने खुला हुने भएको छ। सम्बन्धित प्रदेश कार्यालयले एकैपटक लाइसेन्सको परीक्षा खुला गर्ने गरी आवश्यक तयारी गरिरहेकोले १५ पुसपछि खुल्ने भएको हो। कोरोना महामारीका कारण ११ चैत २०७६ पछि बन्द भएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा अब एक सातापछि खुल्ने भएको छ। सवारी चालक अनुमतिपत्रको परीक्षा र अनलाइन फाराम दर्ता सम्बन्धित प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र त्यस अन्तर्गततका यातायात कार्यायलबाट हुने भएकोले सोही अनुसारको आवश्यक व्यवस्था मिलाउने तयारी भइरहेको छ। लाइसेन्सको परीक्षा र प्रयोगात्मक परीक्षा (ट्रायल) लिने विषयमा आवश्यक तयारी भएको र औपचारिक निर्णय मात्रै हुन बाँकी रहेको यातायात व्यवस्था विभागका सूचना अधिकारी लोकनाथ भुसालले बताए। उनका अनुसार सात वटै प्रदेशमा एकैपटक ...