Friday, March 29
Shadow

Tag: सल्यान

सल्यानमा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु

सल्यानमा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु

दुर्घटना, ब्यानर समाचार 2
बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिकाको सिनवाङतर्फ आउँदै गरेको रा१ज ५६३ नंको जिप कपुरकोट गाउँपालिका–३ मुलपानीमा गए राति २ बजे दुर्घटना  हुँदा आठ जनाको घटनास्थलमै मृत्यु भएको सल्यानका प्रहरी नायब उपरीक्षक दामोदार केसीले जानकारी दिनुभयो । मृत्यु हुनेमा जिप चालक कपुरकोट–६ का २१ वर्षीय जीतबहादुर बोहोरा, सोही ठाउँका ४० वर्षीय टोपबहादुर वली, उहाँका छोरा ११ वर्षीय वसन्त वली, ३७ वर्षीय धर्म वली, ३० वर्षीय सुरेश खत्री, ७० वर्षीय खुमलाल वली, ५५ वर्षीया कुमारी वली र कपुरकोट–५ का ५३ वर्षीय ललित वली रहेका छन् । बाँकेको ढकेरीबाट बिहेभोज खाएर फर्कंदै गरेका जन्ती बोकेको गाडी दुर्घटनामा परेको हो । जिपमा आठ पुरुष र एक महिला सवार रहेको प्रहरीले जनाएको छ । दुर्घटना परी घाइते कपुरकोट–६ जलवाङका ३५ वर्षीय तिलक वलीको तुलसीपुरमा उपचार भइरहेको छ । जिप अनियन्त्रित भएर सडकबाट एक सय ५० मिटर तल खसे...