Friday, April 19
Shadow

Tag: सभापति देउवा

अब कम्युनिष्टहरुसँग लड्ने बेला आयो:  सभापति देउवा

अब कम्युनिष्टहरुसँग लड्ने बेला आयो: सभापति देउवा

ब्यानर समाचार, राजनिती
काठमाडौँ , फागुन २९ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्टहरुसँग लड्ने बेला आएको बताएका छन् । शनिबार नेपाली कांग्रेसको केन्द्रीय महिला विभागले आयोजना गरेको महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले ओलीले कम्युनिष्ट एकदलीय सर्वसत्तावाद लागु गर्न चाहेको बताउदै अहिले सबैभन्दा महत्वपूर्ण कुरा प्रजातन्त्र भएको बताए । उनले अहिले कसैले हटाउन नसक्ने प्रजातन्त्र स्थापना गर्नुपर्ने बताउदै उनले काँग्रेस बाहेकका पार्टी प्रजातन्त्रवादी नभएको दाबि गरे ।सभापति देउवाले काँग्रेसले सत्ताका लागि लोभ र हतार गर्नुनहुने भन्दै परिस्थिति आएमा जिम्मेवारीबाट नभाग्ने बताए । उनले भने,‘नेपालको राजनीति अत्यन्तै तरल अवस्थामा छ । हाम्रो पार्टीले धेरै हतार गर्ने लोभ गर्ने काम पनि छैन । र परिस्थिति पर्‍यो भने जिम्मेवारीबाट भाग्ने काम पनि छैन ।’ कार्...
महिला हिंसाका घटनाबाट देश मुक्त हुन सकेको छैन:  सभापति देउवा

महिला हिंसाका घटनाबाट देश मुक्त हुन सकेको छैन: सभापति देउवा

मुख्य समाचार, राजनिती
काठमाडौँ , फागुन २४ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण महिलाहरूमा शुभकामना व्यक्त गरेका छन् । सभापति देउवाले शुभकामना सन्देशमार्फत अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहेको सन्दर्भमा नेपाल अहिले पनि महिलामाथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन नसकेको उल्लेख गरेका छन् । “शहरदेखि दूरदराजका गाउँमा आज पनि महिला शोषण, दमन र उत्पीडनबाट आक्रान्त छन् । महिलामाथि हुने विभेद र हिंसाका विरुद्ध नारी जागरण आजको आवश्यकता हो । हिंसा लोकतन्त्र र जनताको सम्प्रभुतामाथिको सबैभन्दा ठूलो खतरा हो । हिंसा मुलुकको आर्थिक प्रगतिको सबैभन्दा ठूलो बाधक हो”, उनले विज्ञप्तिमा उल्लेख गरेका छन् । हिंसा सामाजिक एकता र सद्भावलाई कमजोर बनाउने कारण पनि भएको बताउँदै सभापति देउवाले कांग्रेस सबै खाले हिंसाको अन्त्य चाहने...
सभापति देउवा भन्छन्- सर्वोच्च अदातलको फैसला पार्टीका लागि मान्य हुन्छ

सभापति देउवा भन्छन्- सर्वोच्च अदातलको फैसला पार्टीका लागि मान्य हुन्छ

ब्यानर समाचार, राजनिती
काठमाडौं, फागुन ६ । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले सर्वोच्च अदातलको फैसला पार्टीका लागि मान्य हुने बताका छन् । नेपाल राष्ट्रिय मगर सङ्घ गण्डकी प्रदेशस्तरीय सम्मेलन तथा राष्ट्रिय मगर विद्यार्थी सङ्घ प्रदेश समितिको घोषणा कार्यक्रमको आज पोखरामा उद्घाटन गर्दै उनले अदातलले प्रतिनिधिसभा पुनःस्थापना वा निर्वाचनमा जाने जुनसुकै फैसला गरे पनि पार्टीका लागि स्वीकार्य हुने बताए । मुलुकको प्रत्येक परिवर्तमा मगर समुदायको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनले संविधानले व्यवस्था गरेका हक अधिकारको संरक्षण कार्यान्वयनका लागि मगर सङ्गठित भएर अघि बढ्नुपर्नेमा जोड दिए । पार्टीका गतिविधिमा सक्रिय सहभागिता जनाउन कार्यकर्तालाई निर्देशन दिँदै सभापति देउवाले लामो सङ्घर्षबाट नेपाली जनताले प्राप्त गरेको अधिकारको रक्षाका लागि पार्टी एकताबद्ध भएर लाग्नुको विकल्प नभएको बताए । वरिष्ठ नेता रामचन्...
जुलुसमा नारा लगाएर अदालतलाई यही गर भन्न मिल्दैन :  सभापति देउवा

जुलुसमा नारा लगाएर अदालतलाई यही गर भन्न मिल्दैन : सभापति देउवा

ब्यानर समाचार, राजनिती
काठमाडौँ, माघ २९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघट्नको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा जुलुसमा नारा लगाएर अदालतलाई यही गर भन्न नमिल्ने बताएका छन् । पार्टीको आदिवासी जनजाति केन्द्रीय विभागले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले भने, ‘अदालतमा मुद्दा छ, नारा लगाएर यही गर् भन्न मिल्दैन, हामी त्यस्तो गर्दैनौँ, जुलुसले हुने भए किन चाहियो अदालत ।’ सभापति देउवाले कांग्रेस निर्वाचनमा विश्वास गर्ने लोकतान्त्रिक पार्टी भएको बताउँदै संसद् पुनःस्थापना र निर्वाचन दुवैका लागि तयार हुनुपर्ने बताए । आफूले जान्दाजान्दै हार्ने निर्वाचन पनि गराएको स्मरण गर्दै उनले भने, ‘दुई वर्षपछि भए पनि अहिले भए पनि मुलुकमा निर्वाचन हुन्छ, लोकतान्त्रिक पार्टी निर्वाचनका लागि सधैँ तयार हुनुपर्छ ।’ फरक प्रसङ्गमा उनले कांग्रेसले आफ्नो विधानमा महिला, आदिवासीरजनजाति, दलित,...