Wednesday, April 24
Shadow

Tag: सत्यमोहन जोशी

यसरी तयार भएको थियो नेपालको पहिलो नक्सा : सत्यमोहन जोशी

यसरी तयार भएको थियो नेपालको पहिलो नक्सा : सत्यमोहन जोशी

ब्यानर समाचार 2, साहित्य/कला
नेपालको पहिलो नक्सा हामीले २००६ सालमा तयार पारेका थियौं। त्यही नक्सा २०१४ सालको मुलुककै पहिलो आधुनिक जनगणना प्रतिवेदनमा छापिएको थियो। त्यो बेलाको सीमित साधन र प्रविधिका कारण नक्साको स्वरूप जे-जस्तो भए पनि लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रै सरहदभित्र पर्थे। त्यसको प्रमाण त दोस्रो जनगणना बेला त्यहाँ पुगेका भैरव रिसालजीका कथनहरू आइसकेका छन्। त्यसैगरी राज्यले बुझेका तिरोहरूको प्रमाण पनि प्रस्तुत गर्न सकिन्छ। पहिलो नक्सा निकाल्नु आफैंमा संघर्ष थियो। त्यो प्रक्रिया‍ सुरूआत यसरी भएको थियो। बि.सं.१९९५ सालमा भिमबहादुर पाँडे एमकम पास भएर आएपछि उनका निम्ति उपयुक्त जिम्मेवारीको खोजी हुँदै थियो। त्यसैअनुसार जुद्धशमशेरबाट 'प्रोफेसर'को दर्जा पनि पाए। तर उनको योग्यता मुताबिक काम पठनपाठनका क्षेत्रमा नभएकाले 'औद्योगिक सर्भे'का काममा उनी संलग्न भए।त्यो बेलासम्म सर्भे भन्ने शब्द प्रचलनमै...
जोशीको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि  ललितपुर महानगरपालिकामा

जोशीको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि ललितपुर महानगरपालिकामा

ब्यानर समाचार 2
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि पुल्चोकस्थित ललितपुर महानगरपालिका भवन प्राङ्गणमा राखिएको छ । पुरातत्वविद् जोशीको एक सय तीन वर्षको उमेरमा ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान निधन भएको हो । यसअघि उहाँको पार्थिव शरीर १२ बजेसम्म श्रद्धाञ्जलिका लागि कलेज प्राङ्गणमा राखिएको थियो । त्यहाँ राजनीतिक दलका स्थानीय नेता, संस्कृति विद् तथा शुभेच्छुले श्रद्धाञ्जलि अर्पण गर्नुभयो । प्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्रीगणलगायत पार्टी नेता एवं समाजका विभिन्न क्षेत्रका तह र तप्काका व्यक्ति महानगरपालिका पुगेर उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ । पार्थिव शरीर यहाँ अपराह्न ४ बजेसम्म रहने महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जानकारी दिनुभयो । ...
जोशीको निधनबाट राष्ट्रले एक अथक स्रष्टा एवं अभिभावक गुमायो : राष्ट्रपति  भण्डारी

जोशीको निधनबाट राष्ट्रले एक अथक स्रष्टा एवं अभिभावक गुमायो : राष्ट्रपति भण्डारी

ब्यानर समाचार 2
राष्ट्रपति विद्यादेवी भण्डारीले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको बताउनुभएको छ । राष्ट्रपति भण्डारीले जोशीको निधनबाट पीडाबोध भएकोसमेत उल्लेख गर्नुभएको छ । उहाँले आज सामाजिक सञ्जाल ट्वीटरमार्फत जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको बताउनुभएको हो । राष्ट्रपतिले भन्नुभएको छ, “वाङ्मयम शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएकामा पीडाबोध भएको छ ।” जोशीको सार्थक जीवन हामी सबैका लागि प्रेरणाको स्रोत भएको राष्ट्रपतिको भनाइ छ ।राष्ट्रपतिले जोशीप्रति श्रद्धाञ्जलिसमेत अर्पण गर्नुभएको छ । ...
सत्यमोहन जोशीको किष्ट अस्पतालमा निधन

सत्यमोहन जोशीको किष्ट अस्पतालमा निधन

ब्यानर समाचार 2
पिता शङ्करराज जोशी र माता राजकुमारीका सुपुत्रका रूपमा विसं १९७७ वैशाख ३० गते ललितपुरको बखुम्बहालमा जन्मनुभएका सत्यमोहन जोशीको आज २०७९ असोज ३० गते ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पतालमा निधन भएको छ । जोशीले विसं. २०१३ मा लोकसंस्कृति ग्रन्थमा मदन पुरस्कार प्राप्त गर्नुभएको थियो । दोस्रो पटक नेपाली राष्ट्रिय मुद्रा नामक ग्रन्थमा विसं २०१७ मा र ‘कर्णाली लोकसंस्कृति’ नामक ग्रन्थका लागि विसं २०२८ मा मदन पुरस्कार प्राप्त गर्नुभएका जोशी विसं २०१५ मा पुरातत्व र संस्कृति विभागका पहिलो निर्देशक हुनुभएको थियो । जोशीले विसं २०१६ मा पाँचौँ शताब्दीदेखि बीसौँ शताब्दीसम्मको मुद्राको विस्तृत विवरणसहितको ‘नेपाली मुद्रा’ नामक पुस्तक प्रकाशित गर्नुभएको थियो । नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, संस्कृतिको संरक्षण, सम्वद्र्धन र विकासमा लागि परेका हुनाले उहाँको योगदानको कदरस्वरूप जोशीलाई सुप्रबल ...