Thursday, April 18
Shadow

Tag: संसद पुनःस्थापना

संसद पुनःस्थापनासँगै विभिन्न नेताहरुले गरे खुलेर प्रशंसा:  सर्वोच्चको फैसलाप्रति कसले के भने ?

संसद पुनःस्थापनासँगै विभिन्न नेताहरुले गरे खुलेर प्रशंसा: सर्वोच्चको फैसलाप्रति कसले के भने ?

ब्यानर समाचार, राजनिती
काठमाडौँ , फागुन ११ । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा गत पुस ५ गते विघटित प्रतिनिधिसभा पुनःस्थापना भएको छ । प्रधानमन्त्रीको कदम बदर गर्दै सर्वोच्च अदालतले मंगलबार संसद पुनःस्थापनाको फैसला गरेको हो । योसँगै जन प्रतिनिधिहरुको सर्वोच्च संस्था प्रतिनिधिसभा पुनःस्थापित भएको छ । संसद पुनःस्थापनासँगै विभिन्न क्षेत्र, निकाय तथा व्यक्तित्वहरुले विभिन्न कोणबाट आफ्ना धारणाहरु व्यक्त गरिरहेका छन् ।प्रतिनिधिसभा विघटनलाई बदर गरेको सर्वोच्च अदालतको फैसला आएपछि विभिन्न नेताहरुले यसको खुलेर प्रशंसा गरेका छन् । यसैबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड-नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले जनताको जीत भएको टिप्पणी गरेका छन् । सर्वोच्च अदालतको प्रतिनिधि सभा पुनर्स्थापना गर्ने निर्णय गरेपछि प्रतिक्रिया दिदै अध्यक्ष नेपालले संवि...