Friday, April 19
Shadow

Tag: संसद् विघटन

संसद् विघटनपछि डरायाे गृहमन्त्रालय ,के दियाे निर्देशन?

संसद् विघटनपछि डरायाे गृहमन्त्रालय ,के दियाे निर्देशन?

ब्यानर समाचार 2, राजनिती
काठमाण्डौँ, पुष १२ संसद् विघटनपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै गृहमन्त्रालयले परिपत्रअनुसार प्रहरी प्रधान कार्यालयले डीआईजीलाई प्रदेश र अन्यलाई जिल्ला नछोड्न निर्देशन दिएको छ। यस्तै अत्यावश्यकबाहेक सबै बिदामा समेत रोक लगाइएको प्रहरी प्रवक्ता एसएसपी वसन्त बहादुर कुवँरले बताए । संसद् विघटनपछि देशभर प्रहरीलगायत अन्य सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको छ । विभिन्‍न स्थानमा हुनसक्ने प्रदर्शन र त्यसबाट उत्पन्न हुनसक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै सुरक्षा निकाय सतर्क भएका हुन् । यस्तै उपत्यकामा पनि सुरक्षा सतर्कता विगतको भन्दा बढाइएको छ । प्रधानमन्त्री र राष्ट्रपति निवासको सुरक्षासमेत बढाइएको छ । अर्को व्यवस्था नभएसम्मका लागि यस्तो निर्देशन भएको हो । ...