Friday, March 29
Shadow

Tag: शीतल निवास

शीतल निवासमा आज सर्वदलीय बैठक बस्दै

शीतल निवासमा आज सर्वदलीय बैठक बस्दै

ब्यानर समाचार, राजनिती
काठमाडौं, चैत ३ । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा आज शीतल निवास ९राष्ट्रपतिको कार्यालय० मा सर्वदलीय बैठक बस्दै छ। देशमा राजनीतिक विवाद बढ्दै गएपछि छलफलका लागि राष्ट्रपतिले संसद्‍मा प्रतिनिधित्व गर्ने दलका नेताहरूलाई हिजै  पत्र पठाएर आज सर्वदलीय बैठकमा आउन आग्रह गरेकी हुन्। आज अपराह्न ४ बजे राष्ट्रपति भवन शीतल निवासमा आउन भनिएको जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईका स्वकीय सचिव रोशन पोखरेलले जानकारी दिए। बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख र पूर्वप्रधानमन्त्रीहरूलाई बोलाइएको छ। यसआधारमा आज पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा, डा। बाबुराम भट्टराई, माधवकुमार नेपाल, झलनाथ खनाललगायत संसदमा प्रतिनिधित्व गर्ने दलका अध्यक्षरसभापति सहभागी हुने सम्भावना छ। दलहरूबीच विवाद बढेको तथा नयाँ सरकार...