Friday, April 26
Shadow

Tag: वैदेशिक रोजगार

महामारीमा वैदेशिक रोजगार :  ६२ हजारभन्दा बढी नेपाली पुगे ९७ मुलुकमा

महामारीमा वैदेशिक रोजगार : ६२ हजारभन्दा बढी नेपाली पुगे ९७ मुलुकमा

पत्रपत्रिका, ब्यानर समाचार, समाचार, समाज
काठमाडौं, माघ २१ । कोरोना भाइरसको महामारीकै अवस्थामा ६२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगार विभागका निर्देशक टीकामणि न्यौपानेले साउनयता उनीहरू ९७ मुलुकमा पुगेको जानकारी दिए। विभागका अनुसार पुसमा १४ हजार ७ सय ५३ पुनः र ७ हजार २ सय ९ नयाँ गरी २१ हजार ९ सय ६२ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन्। मंसिरमा १२ हजार ४ सय ३१ पुनः र ४ हजार ३ सय ७७ नयाँ गरी १६ हजार ८ सय ८, कात्तिकमा ७ हजार ७ सय ९७ पुनः र १ हजार ५ सय ८३ नयाँ गरी ९ हजार ३ सय ८०, असोजमा ८ हजार ९७ पुनः र १ हजार ५ सय ४२ नयाँ गरी ९ हजार ६ सय ३९, भदौमा करिब दुई हजार, साउनमा तीन हजारभन्दा बढी युवा वैदेशिक रोजगारीमा गएका हुन्। बेलायत, जापानलगायत कतिपय मुलुकले भने कोरोनाका कारण विदेशी कामदार लैजान रोक लगाएका छन्। कोरोनाका कारण वैदेशिक रोजगारीबाट २ लाख ४३ हजार ४ सय ५३ नेपाली स्वदेश फर्किएका छन्। कोरोना अवधिमा...