Friday, March 29
Shadow

Tag: वीर अस्पताल

महानगरले हटायो वीर अस्पताल अगाडिका अस्थायी टहरा

महानगरले हटायो वीर अस्पताल अगाडिका अस्थायी टहरा

ब्यानर समाचार 2
महानगरपालिकाको नगर प्रहरीले आज वीर अस्पतालको सर्जिकल भवनतर्फ टाँसेर बनाइएका औषधि पसल सञ्चालनमा रहेका टहरा हटाएको हो । महानगरपालिकाले बुधबार नक्साविपरीतका टहरा सञ्चालन भएको भन्दै सम्बन्धित पसलेलाई खाली गर्न आग्रह गरेको थियो । महानगरको सूचनासँगै केही पसलेले आफ्नो पसलमा रहेका सामग्री अन्यत्र सारेका थिए भने केहीले भने सार्न पाएका थिएनन् । महानगरले यसअघि काठमाडौँको कोटेश्वर, बानेश्वर, न्यूरोड, नयाँ बसपार्क, सोह्रखुट्टे, बनस्थली, चाबहिल, वसुन्धरालगायतका क्षेत्रमा अवैधरुपमा निर्माण गरिएका तथ नक्सा पास नगरेका घर तथा टहरा हटाउँदै आएको छ । महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले नक्साविपरीत बनाइएका अवैध संरचना तथा टहरा हटाइएको जानकारी दिनुभयो । ...