Thursday, April 25
Shadow

Tag: विश्वकप फुटबल : फ्रान्स र मोरक्कोबीच दोस्रो सेमिफाइनल हुने

विश्वकप फुटबल : फ्रान्स र मोरक्कोबीच दोस्रो सेमिफाइनल हुने

विश्वकप फुटबल : फ्रान्स र मोरक्कोबीच दोस्रो सेमिफाइनल हुने

खेलकुद, ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
कतारको दोहास्थित अल बायत रङ्गशालामा फिफा विश्वकप फुटबलअन्तर्गतको दोस्रो सेमिफाइनल खेल साविक विजेता फ्रान्स र मोरक्कोबीच खेल आज राति १२ः४५ बजे सुरु हुनेछ ।  फ्रान्स क्वाटरफाइनलमा इङ्ग्ल्यान्डलाई २–१ गोलले हराउँदै सेमिफाइनलमा पुगेको हो । अफ्रिकी राष्ट्र मोरक्को भने विश्वकपमा पहिलो पटक सेमिफाइनलमा पुगेको हो । मोरक्को फ्रान्सलाई पराजित गर्दै एतिहासिक उपलब्धि हासिल गर्न चाहन्छ । यी दुई टोलीबीच विश्वकपमा पहिलोपटक प्रतिस्पर्धा हुन लागेको हो । क्वाटरफाइनलमा पोर्चुगललाई १–० गोलले हराएर मोरक्कोले सेमिफाइनलमा स्थान बनाएको हो । आजको विजेताले उपाधिका लागि फाइनलमा अर्जेन्टिनासँग खेल्नेछ । ...