Saturday, May 18
Shadow

Tag: (विमानवाहक पोत)

भारतले पहिलो पटक बनायो एयरक्राफ्ट क्यारियर(विमानवाहक पोत)

भारतले पहिलो पटक बनायो एयरक्राफ्ट क्यारियर(विमानवाहक पोत)

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2, समाचार
भारतले पहिलो पटक आफैंले एयरक्राफ्ट क्यारियर (विमानवाहक पोत) बनाएको छ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइएनएस विक्रान्त नाम दिइएको उक्त एयरक्राफ्ट क्यारियर शुक्रबार केरलाको कोची सहरमा आयोजित एक कार्यक्रमबीच भारतीय नौसैनिकलाई हस्तान्तरण गरेका छन्। टाइम्स अफ इन्डियाका अनुसार भारतले आफैं बनाएको विक्रान्त २६२ मिटर लामो छ भने यसको चौडाइ ६२ मिटर छ। यसको उचाइ ५९ मिटर छ।यसमा ३० वटा जहाज/हेलिकप्टर र १६ सय जना क्रु मेम्बर रहन सक्छन्।यसभित्र १६ शैयाको अस्पताल पनि छ भने २५० ट्यांकर इन्धन भण्डारण गर्न सकिन्छ। यसमा २ हजार ४ सय डिब्बा छन्। २० हजार करोड भारू खर्च भएको विक्रान्त बनाउन १० वर्ष समय लागेको थियो।भारतीय नौसेनाको युद्धपोत डिजाएन ब्युरोले डिजाइन तयार पारेको यो एयरक्राफ्ट क्यारियर कोची सिपयार्डले बनाएको हो। कोचीमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले विक्रान्त स्वदेशी सा...