Saturday, April 20
Shadow

Tag: विद्यालय सञ्चालन

आइतवारदेखि भौतिकरुपमा विद्यालय सञ्चालन गर्ने काठमाण्डौ महानगरको निर्णय

आइतवारदेखि भौतिकरुपमा विद्यालय सञ्चालन गर्ने काठमाण्डौ महानगरको निर्णय

शिक्षा, समाचार, स्थानिय तह, स्वास्थ्य
लक्ष्मण श्रेष्ठ ०८,असोज काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले १० गते आइतवार बाट भौतिकरुपमा नै विद्यालय खोल्ने निर्णय गरेको छ । विश्वभरि फैलिएको कोरोना महामारीको कारण गएको वैशाखको दोस्रो हप्तादेखि बन्द रहेका विद्यालय भौतिक रुपमा खोल्ने निर्णय भएको हो । महानरपालिकाको शिक्षा विभागले विद्यालय खोल्ने अनुमति दिने निर्णय गरेको छ । भौतिकरुपमा विद्यालय खोल्न व्यवस्थापन समितिको बैठक बसेर अभिभावकको सहमति लिएर कार्ययोजना बनाएर महानगरपालिकामा पेस गर्नुपर्नेछ ।भनेरविभागका प्रमुख रामप्रसाद सुवेदीले बताएका छन्। विद्यार्थी सङ्ख्या धेरै भएका विद्यालय भने खोल्नका लागि अनिवार्य गरिएको छैन । विद्यालय पुनःसञ्चालन गर्न व्यवस्थापन समितिको बैठक बसेर आपसी समझदारीमा मात्र सञ्चालन गर्ने गराउने व्यवस्था मिलाउने, विद्यालय सञ्चालनको विस्तृत कार्ययोजना बनाएर महानगरको शिक्षा शाखामा पेस गर्नुपर्ने र शिक्षक, विद्या...
तारकेश्वर नगरपालिकाद्धारा आजदेखि विद्यालय सञ्चालन

तारकेश्वर नगरपालिकाद्धारा आजदेखि विद्यालय सञ्चालन

समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, मंसिर २१ काठमाडौंको तारकेश्वर नगरपालिकाले आजदेखि नगरभित्रका विद्यालय खुला गरेको छ । स्वास्थ्यका सबै मापदण्ड पूरा गरी अभिभावकको सुझावमा आजदेखि नगरपालिकाले विद्यालय खोल्न अनुमति दिएको नगर शिक्षा शाखा प्रमुख होमनाथ न्यौपानेले बताए । कोभिड–१९ को सङ्क्रमणको अवस्थालाई समीक्षा गरी विद्यालयलाई भयरहित एवं सुरक्षित तवरमा विद्यालय सञ्चालनको व्यवस्था मिलाउन हरेक विद्यालयलाई निर्देशन दिएको बताइएको छ । विद्यालयको पठनपाठनलाई नियमित गराउन स्वास्थ्य सुरक्षामा मापदण्ड पालन गर्ने विधि, प्रत्येक विद्यालयमा हेल्प डेस्क निर्माण गर्ने र नजिकको स्वास्थ्य संस्थासँग समन्वय गरी आवश्यकतानुसार स्वास्थ्य परीक्षण र परामर्श दिने, विद्यालयको सरसफाइ, हात धुने व्यवस्था, विद्यालयलाई दैनिक निर्मलीकरण गर्ने, प्रत्येक दिन कक्षा शुरु हुनुअगावै कम्तीमा पाँच मिनेट कोभिड–१९ को सङ्क्रमणका बारेमा विद्यार्थीलाई जा...