Tuesday, April 16
Shadow

Tag: वर्षा र हिमपात

आज पनि वर्षा र हिमपातको सम्भावना, कुन ठाउँमा कस्तो ?

आज पनि वर्षा र हिमपातको सम्भावना, कुन ठाउँमा कस्तो ?

ब्यानर समाचार 2, मुख्य समाचार, मौसम, समाचार, समाज
काठमाडौँ, माघ २४ । पश्चिमी न्युनचापीय प्रणालीको प्रभावले आज पनि मुलुकका विभिन्न भागमा वर्षा र हिमपातको पूर्वानुमान गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको तीन दिनको पूर्वानुमानमा प्रदेश १ का धेरै स्थान तथा प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी र हिमाली भेगका केही स्थानमा पनि हल्कादेखि मध्यमसम्म हिमपातको पूर्वनुमान गरिएको महाशाखाले जनाएको छ। काठमाडौँ उपत्यकामा ११ बजेपछि बदली हुने र २/र३ बजेपछि वर्षा हुन सक्ने मौसमविद् निराजन सापकोटाले बताएका छन् । आज बिहानको मापनअनुसार काठमाडौँको तापक्रम ७ डिग्री सेल्सियस मापन गरिएको छ । दिउँसो १८/२० डिग्री सेल्सियससम्म पुग्न सक्ने महाशाखाले जनाएको छ । पश्चिमी वायु सक्रिय हुँदा शुक्रबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी भेगमा हिमपातसँगै वर्षा भएको थिय...