Thursday, March 28
Shadow

Tag: वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल

युरोपको समृद्धि नेपाल भित्र्याउन वरिष्ठ उपाध्यक्ष  ढकालको आग्रह

युरोपको समृद्धि नेपाल भित्र्याउन वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह

ब्यानर समाचार 2
नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले युरोपमा रहेका गैरआवासीय नेपालीहरूलाई युरोपको समृद्धि, ज्ञान र प्रविधि नेपाल भित्र्याउन आग्रह गर्नुभएको छ । स्वीडेनमा आज आयोजित गैरआवासीय नेपाली सङ्घ, एनआरएनको युरोप क्षेत्रीय १४ औँ बैठकलाई सम्बोधन गर्दै उहाँले युरोपमा रहेका सबै नेपालीहरुलाई त्यहाँ आर्जन गरेको समृद्धि नेपाल भित्र्याउन तथा युरोपका उद्योगी व्यवसायीहरुलाई नेपालमा लगानीका लागि प्रेरित गर्न आग्रह गर्नुभएको एनआरएन युरोप समितिले जनाएको छ । सो बैठकलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो “युरोप होस् या संसारका विभिन्न देशमा नेपालीहरु ज्ञान, सीप, पूँजी र प्रविधि आर्जनका लागि रहने गरेका छन्, आफ्ना यी आर्जनहरुलाई नेपाल भित्र्याउँ, हाम्रो देशको समृद्धि पनि धेरै टाढा छैन ।” कतिपय एनआरएन एवं लगानीकर्ताहरुले नेपालमा लगानीको वातावरण छैन भन्ने गरेको प्रसङ्ग उल्लेख गर्...