Thursday, April 25
Shadow

Tag: लोक सेवा

लोक सेवाको परीक्षाबाट ८ जना नक्कली परीक्षार्थी पक्राउ

लोक सेवाको परीक्षाबाट ८ जना नक्कली परीक्षार्थी पक्राउ

अपराध, ब्यानर समाचार, समाचार
काठमाण्डौँ, मंसिर २५ जिल्ला प्रहरी कार्यालय सुर्खेतले अर्काको नाममा परीक्षा दिने आठ नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । लोक सेवा आयोगको कार्यालय सुर्खेतमा प्राविधिक जवान सङ्गीततर्फको परीक्षामा अर्काको परीक्षा दिँदै गरेका आठ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भगवतीमाई गाउँपालिका–७ दैलेख निवासी कमल विकको स्थानमा परीक्षा दिने सोही गाउँपालिकामा बस्ने २३ वर्षीय तिलक विक, गुराँस गाउँपालिका–२ दैलेख बस्ने रणबहादुर रावललको स्थानमा सोही ठाँउका १९ वर्षीय रामबहादुर कार्की रहेको प्रहरी निरीक्षक कनक शाहीले जानकारी दिए । त्यस्तै भगवतीमाई गाउँपालिका–७ दैलेख बस्ने चक्रराज विकको स्थानमा परीक्षा दिने सोही ठाउँका २५ वर्षीय दीपेन्द्र विक, नारायण नगरपालिका–७ दैलेख चन्द्रबहादुर रानाको ठाउँमा परीक्षा दिने चामुण्डा बिन्द्रासैनी नगरपालिका–५ दैलेख २० वर्षीय रमेशप्रसाद न्यौपानेलाई पक्रा...
लोक सेवाले माग्यो विभिन्न सेवाका लागि ३६० जना अधिकृत

लोक सेवाले माग्यो विभिन्न सेवाका लागि ३६० जना अधिकृत

आर्थिक, टिप्स, ब्यानर समाचार
काठमाण्डौँ, मंसिर २४ लोक सेवा आयोगले विभिन्न सेवाका लागि ३६० जना अधिकृतका लागि दरखास्त आह्वान गरेको छ। आयोगले बुधबार गोरखापत्रमार्फत सरकारका विभिन्न निकायका लागि आवश्यक पर्ने अधिकृत तहका कर्मचारीका लागि विज्ञापन खुला गरेको हो। आयोगले प्रकाशन गरेको विज्ञपान अनुसार कानुन, न्याय तथा सरकारी वकिलतर्फ खुलामा ६७, महिला १८, आदिवासी जनजाति १४, मधेसी ११, दलित ६, आपंग र पिछडिएको क्षेत्रका लागि दुई/दुई जनाका लागि विज्ञपान गरेको छ। त्यस्तै खुलातर्फ सामान्य प्रशासनमा ४४, लेखामा ३४, राजश्वमा ४१, लेखापरीक्षणमा १२ र परराष्ट्र सेवाका लागि एकजना अधिकृत मागेको छ। महिलाका लागि प्रशासनतर्फ १२, लेखामा ९, राजश्वमा ११, लेखापरीक्षणमा २ जना माग गरेको आयोगले जनाएको छ। त्यस्तै आदिवासी जनजातिका लागि सामान्य प्रशासनमा ९ जना, लेखामा ८, राजश्वमा ९ र लेखापरीक्षणमा दुईजना उम्मेद्वार माग गरेको छ। मधेसी कोटामा ...