Wednesday, April 24
Shadow

Tag: रेल

जनकपुर–जयनगर रेल माघदेखि संचालनमा ल्याउने तयारी

जनकपुर–जयनगर रेल माघदेखि संचालनमा ल्याउने तयारी

मुख्य समाचार, समाचार, समाज
  काठमाडौं, पुस २२ । जनकपुर–जयनगर रेल्वे सेवा माघदेखि संचालनमा ल्याउने तयारी गरिएको छ । झण्डै चार महिनादेखि धनुषाको इनर्वामा थन्काएर राखिएको दुई वटा रेल माघदेखि संचालन गर्ने तयारी रहेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले बताए । रेल संचालनका लागि आवश्यक पर्ने जनशक्तिको व्यवस्थापनको विषय सुनिश्चित भइरहेको उनले बताए । रेल संचालनका लागि आवश्यक पर्ने २६ जना प्राविधिक कर्मचारीका लागि भारतीय पक्षसँग प्याकेजमा सहमति भइसकेको उनले बताए । त्यसलाई मुर्तरुप दिन उक्त प्याकेजसहितको प्रस्ताव मन्त्रिपरिषदमा पठाइसकेको पनि उनले जानकारी गराए । रेल ईन्जिनको सर्भिसिङग, रेल्वे लिकको मर्मत र रेल दुर्घटनाको जिम्मेवारी भारतीय पक्षले नै लिने तथा नेपालका प्राविधिक कर्मचारीलाई रेल्वे सम्बन्धि तालिम दिनेलगायतका विषय प्याकेजमा समावेश गरिएको उनले बताए । त्यसैगरि, नेपालको तर्फबाट ५० ...
दक्षिण कोरियाले बनायो बिमानभन्दा छिटो कुद्ने रेल

दक्षिण कोरियाले बनायो बिमानभन्दा छिटो कुद्ने रेल

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं, पुस २२ । कोरियाली रेलमार्ग अनुसन्धान संस्थान ‘कोरेल’ले विश्वको सबैभन्दा द्रुतगतिमा कुद्ने रेलको सफल परीक्षण सम्पन्न गरेको छ । ‘कोरेल’को पछिल्लो रेल संस्करण हाइपरट्युब रेल प्रतिघण्टा एक हजार किलोमिटरका दरले कुद्न सफल भएको ‘कोरेल’ले बताएको छ । हाइपरट्युब कोरियाको हाइपरलुप रेलको नयाँ संस्करण हो । कोरिया सरकारले हाइपरट्युब प्रोजेक्टका लागि सन् २०१७ देखि काम शुरु गरेको थियो । गत सेप्टेम्बरमा उक्त अवधारणाको पहिलो सफलतास्वरूप प्रतिघण्टा ७१४ किलोमिटरका दरले कुद्न सफल भएको थियो । नयाँ घोषणाअनुसार अब पहिला देखिएका सबै ‘फल्ट’हरु समाधान गरी प्रतिघण्टा एक हजार किलोमिटरभन्दा बढीको गतिमा कुद्न सक्ने गरी रेल प्रणालीको सफल परीक्षण सम्पन्न भएको कोरेलले बताएको छ । दक्षिण कोरियाले विकास गरेको उक्त रेलको गति युरोपदेखि एशियासम्म लामो दूरीको उडान गर्ने विमानको भन्दा तीव्र भएको समेत दाबी गर...