Thursday, March 28
Shadow

Tag: रिमालको निधन

वरिष्ठ गीतकार भैरवनाथ रिमालको निधन

वरिष्ठ गीतकार भैरवनाथ रिमालको निधन

मुख्य समाचार, समाचार, समाज
काठमाडौं , पुस २५ । वरिष्ठ गीतकार भैरवनाथ रिमाल ‘कदम’को निधन भएको छ । वि.सं.१९९३ माघ २० गते ठमेलमा जन्मिएका रिमालको आज विहान निधन भएको हो । केही समय यता उनी अल्जाम्यमर्सबाट पीडित थिए । उनले लेखेका उदास मेरो जीवन कथा, जुन फूल मैले चाहेको थिएँ, हो यात्री, आफ्नै कथा जिन्दगीको उनका लोकप्रिय गीत हुन् । उनले आधुनिकभन्दा पनि धेरै राष्ट्रिय गीत लेखेका छन् । उनी कविता पनि लेख्थे . वि.सं. २००५ सालबाट कविता लेख्न थालेका उनले लेखनाथ पौड्यालको प्रेरणाले कविता लेख्न थालेका थिए ।कविता र गीतमा खासै केही फरक नरहेको बताउने उनी छन्दमा लेखेमा गीत बन्ने उनको धारणा थियो । पछिल्लो समय उनी नयाँ गीतमा छाडापन आएको बताउँदै आएको थिए । आजै उनको पशुपति आर्यघाटमा दाह संकार गरिएको पारिवारिक स्रोतले जनाएको छ ।...