Friday, April 19
Shadow

Tag: रिट

मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिटमा सर्वाेच्चले जारी गर्‍यो कारण देखाउ आदेश

मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिटमा सर्वाेच्चले जारी गर्‍यो कारण देखाउ आदेश

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष २० संसद विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै सर्वाेच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । सोमवार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा भएको सुनुवाइपछि कारण देखाउ आदेश भएकाले सरकारले लिखित जवाफ पेस गर्नुपर्ने भएको छ । अदालतले अन्तरिम आदेश छलफलका लागि बोलाउने आदेश समेत गरेको रिट निवेदकमध्येका एक अधिवक्ता लोकेन्द्रबहादुर ओलीले जानकारी दिए । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता ओलीले संसद विघटनपछि कामचलाउ भइसकेको सरकारले मन्त्रिपरिषद् पुनर्गठन गर्नु गैरकानूनी हुने भन्दै सर्वाेच्चमा छुट्टाछुट्टै निवेदन दिएका थिए । निवेदकले रिटमा राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएका थिए ।...