Friday, March 29
Shadow

Tag: रामचन्द्र झा

दाहाल–नेपाल समूहको आमहड्तालः जनकपुरमा घाइते नेकपाका ४ नेतालाई काठमाडौँ ल्याइयो

दाहाल–नेपाल समूहको आमहड्तालः जनकपुरमा घाइते नेकपाका ४ नेतालाई काठमाडौँ ल्याइयो

ब्यानर समाचार, राजनिती
काठमाडौँ, माघ २२ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहको आमहड्तालका क्रममा जनकपुरमा प्रहरीसँगको झडपमा घाइते भएका नेकपा नेता रामचन्द्र झासहित चार जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ । आमहड्तालका क्रममा घाइते भएका नेता झा सहित पूर्वमन्त्री एवंम नेकपाका स्थायी कमिटी सदस्य मातृकाप्रसाद यादव, शहीदनगर नगरपालिकाका प्रमुख उदय बरबरिया र नेता प्रदीप साहलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको हो । नेता झाको टाउकोमा चोट लागेको छ । बन्द गराउन हिंडेका झाको समूहलाई प्रहरीले अवरोध गरेपछि झडप भएको थियो । झडपमा प्रहरीको लाठी चार्ज गर्दा झा सहितका नेता तथा कार्यकर्ता घाइते भएका थिए । घाइतेहरुलाई प्राथमिक उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो । अस्पतालले उनीहरुलाई जनकपुरबाट काठमाडौं रिफर गरेको हो । अस्पतालले जनाए अनुसार नेता झाको श्वासप्रश्वासमा समस्या देखिएपछि थप उपच...