Saturday, April 20
Shadow

Tag: राजेन्द्र महतो

उपप्रधानमन्त्री महतोको चर्को विरोध, देश भर पुत्ला दहनको तयारी

उपप्रधानमन्त्री महतोको चर्को विरोध, देश भर पुत्ला दहनको तयारी

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, जेठ २२ नवनियुक्त उपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महतोको पुत्ला दहन गरिएको छ । पदभार ग्रहण गरेको २४ घन्टा नबित्दै उपप्रधानमन्त्री महतोले राष्ट्रघाती अभिव्यक्ति दिएको भन्दै पुत्ला जलाउन थालिएको छ । आज शनिवार उनले बहुल राष्ट्रिय राज्यको वकालत गरेको भन्दै उनको अभिव्यक्तिप्रति तिब्ररुपमा विरोध समेत भईरहेको छ। उनको अभिव्यक्तिपछि देश भर विरोधका साथै पुत्ला जलाउने तयारी भईरहेको छ । सामाजिक संजालमा चर्को विरोध संधै सचेत नेपालीले खुलेर विरोध गर्न आव्हान समेत गरिएको छ । मन्त्री राजेन्द्र महतोले नेपाल बहुल राष्ट्रिय राज्य भएकाले त्यसै अनुसारको नियम, कानुन, संविधान र व्यवस्था हुनुपर्ने बताएका थिए। शनिबार जसपाको पार्टी कार्यालय बबरमहलमा नवनियुक्त मन्त्रीहरुलाई स्वागत कार्यक्रमपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उपप्रधानमन्त्री महतोले नेपाल बहुल राष्ट्रिय राज्य भएकाले त्यसैअन...