Wednesday, April 15
Shadow

Tag: राजेन्द्र गजुरेल

एन.एफ.पि.जे. बाग्मती प्रदेशको सचिवमा नुवाकोटका राजेन्द्र गजुरेल चयन

एन.एफ.पि.जे. बाग्मती प्रदेशको सचिवमा नुवाकोटका राजेन्द्र गजुरेल चयन

समाचार
पुष२५,काठमाडौं ।   राष्ट्रिय फोटो पत्रकार समूह (एन.एफ.पि.जे) बाग्मती प्रदेशको सचिवमा नुवाकोटका पत्रकार राजेन्द्र गजुरेल चयन भएका छन् ।शनिबार चितवनको रत्ननगर नगरपालिका स्थित सौराहामा भएको राष्ट्रिय फोटो पत्रकार समुह बाग्मती प्रदेश प्रथम अधिबेशनबाट गजुरेल सचिव पदमा निर्विरोध भएका हुन् । लामो समय नुवाकोटका विभिन्न सञ्चार सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका गजुरेल यस अघि एन। एफ। पि।जे। बाग्मती प्रदेशको सदस्य थिए । राष्ट्रिय फोटो पत्रकार समूह बागमति प्रदेशको चितवनको सौराहामा सम्पन्न प्रथम अधिवेशनबाट अध्यक्षमा, उपाध्यक्ष, सचीव, कोषाध्यक्ष तथा सदस्यहरु क्रमश नारायण सिलवाल, कपिल खड्का, राजेन्द्र गजुरेल,सुरक्षा न्यौपाने, मनिश दुवाडी, बलवीर भुजेल सागर गिरी, सन्तोष बस्ताकोटी र नवराज श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।...
जन्म दिनमा दीर्घरोगीलाई औषधि वितरण

जन्म दिनमा दीर्घरोगीलाई औषधि वितरण

समाचार, समाज, स्थानिय तह, स्वास्थ्य
नुवाकोट, मंसिर ९ पत्रकार राजेन्द्र गजुरेलले आफ्नो जन्म दिनको अवसरमा विदुर नगरपालिका वडा नं ५ मा नियमित औषधि सेवन गर्ने दीर्घरोगीलाई एक महिनाको लागि आवश्यक औषधि वितरण गरेका छन् । लकडाउनको समयमा आर्थिक स्थीति कमजोर भएका अशक्त वर्गलाई लक्षित गर्दै वडा कार्यालयले शहरी स्वास्थ्य केन्द्र माझिटार मार्फत वडा भित्र रहेका १५ जना मध्ये हाल ९ जनाले निःशुल्क औषधि सेवा लिदै आएका छन् । पत्रकार गजुरेलले आज वडा कार्यालयमा ४ जनालाई एक महिना सम्म पुग्ने औषधि हस्तान्तरण गरेका हुन् । बाकिँ ५ जनालाई आईतबार स्वर्गिय बासु बस्नेतको सम्झनामा अन्य साथिहरुको उपस्थीतिमा हस्तान्तरण गरिने उनले बताए । आफ्नो भनाई राख्दै गजुरेलले आफ्नो वडामा मात्र नभई अन्य ठाउँमा पनि सामाजिक कार्य गर्दै आएको र आवश्यकता अनुसार आफूले सकेको सहयोग आगामी दिनहरुमा पनि गर्दै जाने उनले बताए । साथै वडाध्यक्ष शिवकुमार चित्रकारले जन्...