Thursday, April 25
Shadow

Tag: यात्रु

६२ जना यात्रु बोकेको जहाज सम्पर्कविहीन, समुन्द्रमा खसेको आशंका

६२ जना यात्रु बोकेको जहाज सम्पर्कविहीन, समुन्द्रमा खसेको आशंका

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाण्डौ, पुस २५ । इण्डोनेसियामा ६२ जना यात्रु बोकेको जहाज सम्पर्कविहीन भएको छ । राजधानी जकार्ताबाट ५६ जना यात्रु र ६ जना चालकदलका सदस्यसहित उडेको श्रीविजया एअरको जहाज उडेको केहिबेरमै सम्पर्कविहीन भएको बीबीसीले जनाएको छ । यसअघि त्यहाँको यातायात मन्त्रालयले जहाजमा ५० जना यात्रु रहेको जनाएको थियो । जहाजको ट्रयाकिङ गर्ने वेबसाइट फ्लाइट राडार टवेन्टी फोरका अनुसार जहाज १ मिनेटको अन्तरमा १० हजार फिट तल झरेको थियो । केही प्रत्यक्षदर्शीले जहाज आगोको मुस्लोसँगै खसेको बताएको बीबीसीले जनाएको छ । माछा मार्न पुगेका एकजना व्यक्तिले जहाज तिव्र गतिमा खसेको र पानीमा ठूलो आवाजमा विष्फोट भएको बताएका छन् । जहाज हराएको छेउछाउका टापुका धेरै बासिन्दाहरूले बीबीसीलाई जहाजबाट आएका वस्तुहरू भेट्टाएको बताएका छन् । सम्पर्कविहीन भएको जहाज बोइङ कम्पनीको २६ वर्ष पुरानो ७३७ मोडलको रहेको छ ।...