Saturday, April 27
Shadow

Tag: यातायात व्यवसायी

पेट्रोलियम पदार्थको मूल्य बृद्धि फिर्ता लिन यातायात व्यवसायीको माग (विज्ञप्तिसहित)

पेट्रोलियम पदार्थको मूल्य बृद्धि फिर्ता लिन यातायात व्यवसायीको माग (विज्ञप्तिसहित)

मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, माघ २९ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थको मूल्य बृद्धि फिर्ता लिन माग गरेको छ । विहीबार विज्ञप्ति जारी गर्दै महासंघले पेट्रोलियम पदार्थमा गरिएको मूल्य बृद्धि फिर्ता लिन माग गरेको हो । कोरोना महामारीका कारण प्रभावित यातायात क्षेत्रलाई राहत राहत दिनुपर्ने बेलामा पेट्रोलियम पदार्थको मूल्य मूल्य बृद्धि गरेर व्यवसायीको ढाड सेक्ने काम गरेको जनाएको छ । महासंघले मूल्यवृद्धि फिर्ता गरेर सार्वजनिक सवारीका लागि विशेष सहुलियत घोषणा गर्न समेत माग गरेको छ । महासंघले पेट्रोलियम पदार्थको मूल्यबृद्धि हुँदा सार्वजनिक सवारीको वैज्ञानिक भाडा समायोजन गर्नु पर्ने र सरकारले कोरोना महामारी प्रभावको सहुलियत दिने भनिएको राहत दिनुपर्ने माग गरेको छ । नेपाल आयल निगमले हिजो पेट्रोल, डिजेल, मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ तथा खाना पकाउने एलपी ग्यासमा २५ रुपैयाँ बढाएको...
जोरविजोर प्रणाली हटाउने तयारीमा यातायात व्यवसायी

जोरविजोर प्रणाली हटाउने तयारीमा यातायात व्यवसायी

आर्थिक, ब्यानर समाचार, समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, मंसिर २१ मंसिर २५ गतेदेखि यातायात व्यवसायीहरुले सवारी साधनमा लगाइएको जोरविजोर प्रणाली हटाउने तयारी गरेका छन्। कोभिड १९ का कारण गत चैत ११ देखि बन्द भएको सार्वजनिक यातायात भदौं एक गतेदेखि जोरविजोर प्रणाली लागूगरी सञ्चालन हुँदै आएको थियो। सार्वजनिक यातायात प्रति सरकार गैरजिम्मेवार भएको भन्दै मजदुर र व्यवसायी मिलेर मंसिर २५ गतेबाट जोरविजोर प्रणाली हटाउन लागेको यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य बताउँछन। ‘सिएमसीलाई सार्वजनिक यातायातहरुको समस्याबारे छिटै निर्णय गर्न प्रत्र पठाएको छौं,’उनले भने। उनका अनुसार सार्वजनिक यातायातमा यात्रुको चाप बढेकोले यात्रु र व्यवसायीलाई सहज बनाउन जोरविजोर प्रणाली हटाउन लागिएको हो। ‘सरकारले कम व्याजमा ऋण, अनुदान, किस्तामा सहज वातावरण दिन नसकेपछि पटक पटक दवाव दिदै आएका छौं,’ उनी भन्छन्।...