Sunday, May 19
Shadow

Tag: यम:द्यो ठड्याएर भक्तपुरमा सुरु गरियो ईन्द्रजात्रा

यम:द्यो ठड्याएर भक्तपुरमा सुरु गरियो ईन्द्रजात्रा

ब्यानर समाचार 2, समाज
भादगाउँ, भदौ २२  : धार्मिक तथा सांस्कृतिक महत्व बोकेको परम्परागत ईन्द्रजात्रा भक्तपुरमा आजबाट सुरु भएको छ । प्रत्येक वर्ष भाद्र शुक्लद्वादशीको दिन भक्तपुर नगरपालिकाका टोल टोलमा इन्द्रको मूर्ति स्वरुप यम:द्यो ठड्याएर जात्रा सुरु गरिन्छ ।भक्तपुरको ईन्द्रजात्रामा स्थानीय गुठीयारले टोल टोलमा यम:द्यो ठडयाएर, सलाँ गणेश, छुमा गणेश, इन्द्रायणी देवी र भैरवको जात्रा, याँमता(आकाश दीप) जात्रा, मुपात्र जात्रा र पुलुकीसी जात्रा गरी आठ दिनसम्म धुमधामका साथ मनाउँछन् । जात्राको पहिलो दिन स्थानीय गुठियारले नगरका टोल टोलमा विधिवत पूजाआजा हित नगरका ईताछें., तेखापुखु:, मुलाख:ु, बुलुचा, साकोठा, भोलाछें, सुजम्हरी, खौमा, ग:हीटी, महालक्ष्मी स्थान, चासुखेललगायतका स्थानमा यम:द्यो ठड्याइन्छ । दोस्रो दिनलाई शून्य दिन मानिन्छ । यस दिन जात्राको कुनै कार्यक्रम हुने छैन । जात्राको तेस्रो दिन अर्थात ईन्द्रजात्...