Tuesday, April 23
Shadow

Tag: मेलम्चीका आगलागी पीडितलाई आर्थिक सहयोग

 मेलम्चीका आगलागी पीडितलाई आर्थिक सहयोग

 मेलम्चीका आगलागी पीडितलाई आर्थिक सहयोग

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
 मेलम्ची बजारका व्यवसायी तथा संस्थाबाट सङ्कलन गरिएको रु चार लाख ३२ हजार ९५ रकम आइतबार मेलम्ची–११ का आगलागी पीडितलाई आर्थिक सहयोग गरिएको हो । गत काक्तिक ७ गते आगलागीबाट एकघरमा रहेको चार पसल, होटल, बेकरी तथा घरमा गरी करोडौँको क्षति भएको थियो । यसपछि विभिन्न समाजसेवी, राजनीतिक दल र बजारका अगुवाका नेतृत्वमा राहत सङ्कलन अभियान सञ्चालन गरेर सो रकम जम्मा गरिएको थियो । सङ्कलित रकम घरधनी दीपक दुलाललाई रु एक लाख, न्यु मेलम्ची सप्लायर्सका हरिशरण श्रेष्ठलाई रु दुई लाख १२ हजार, विजी बेकरीका प्रवीण देउजालाई रु ७० हजार र होटल व्यवसायी रीना गौतमलाई रु ५० हजार वितरण गरिएको अभियानका अगुवा सागर श्रेष्ठले जानकारी दिनुभयो । यसअघि मेलम्ची ब्याडमिन्टन एकेडेमीका सदस्यबाट सङ्कलित रु ७० हजार र मेलम्ची नगर उद्योग वाणिज्य सङ्घले पनि रु ७४ हजार प्रभावितलाई सहयोग गरेको थियो । ...