Tuesday, April 16
Shadow

Tag: मेयर हर्क साम्पाङलाई कारबाही गर्न दलित आयोगले गर्‍यो गृह मन्त्रालयलाई सिफारिस

मेयर हर्क साम्पाङलाई कारबाही गर्न दलित आयोगले गर्‍यो गृह मन्त्रालयलाई सिफारिस

मेयर हर्क साम्पाङलाई कारबाही गर्न दलित आयोगले गर्‍यो गृह मन्त्रालयलाई सिफारिस

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
दलित समुदायमाथि आँच आउने अभिव्यक्ति दिएको भन्दै राष्ट्रिय दलित आयोगले धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङलाई कानुनबमोजिम कारबाही गर्न माग गरेको छ । आयोगका अध्यक्ष देवराज विश्वकर्माले साम्पाङ माथि आवश्यक कारबाहीका लागि गृह मन्त्रालयलाई पत्रचार गरेका हुन् । मेयर राईले फेसबुकमा मंसिर २७ गते दलित समुदायको चमार जातिमाथि चोट पुग्ने गरी अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्ति पछि उनलाई कानुनअनुसार कारबाही हुनु पर्ने माग गरिएको हो । यसअघिनै संयुक्त वक्तव्य जारी गर्दै नेपाल उत्पीडित जातीय मूक्ति समाज, नेपाल दलित संघ, नेपाल दलित मूक्ति संगठन, राप्रपा निकट उत्पीडित संगठनलगायतका संघसंगठनले मेयर साम्पाङमाथि कारबाहीको माग गरेका थिए । जातीय तथा अन्य सामाजिक छुवाछूत तथा भेदभाव कसुर र सजाय ऐन, २०६८ को दफा ४ मा जातीय तथा अन्य सामाजिक छुवाछूत तथा भेदभाव गरेको मानिनेबारे उल्लेख गरेको छ । उक्...