Friday, March 29
Shadow

Tag: मेगा बैंक

लुटपाटमा संलग्न अभियुक्त सार्वजनिक

ब्यानर समाचार 2, समाज
धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ सपहीबाट एक व्यक्तिको रकम लुटेर फरार भएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले पक्राउ गरेका दुवै अभियुक्तलाई आज सार्वजनिक गरेको छ । सपहीस्थित मेगा बैंकबाट रकम झिकेर घरतर्फ जाँदै गरेका धनुषा लक्ष्मीनियाँ गाउँपालिका–४ का राम दास बुधबार दिउँसो लुटिनुभएको थियो । बैंकबाट रकम झिकेर घरतर्फ जाँदै गर्दा मोटरसाइकलमा आएको समूहले रकम लुटेर भागेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले लुटिएको रकमसहित दुवैलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिनुभयो । रकम लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले लक्ष्मीनियाँ गाउँपालिका–४ निवासी २३ वर्षीय सरोज दास र सोही गाउँपालिका–६ निवासी २० वर्षीय भरोसी भन्ने नरेश यादवलाई पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ परेका नरेशबाट घर अगाडि छाप्रो घरमा खाल्डो खनी गाडेको अवस्थामा रु एक लाख ...
मेगा बैंकले थाल्यो वीच्याट-पे भुक्तानी सेवा

मेगा बैंकले थाल्यो वीच्याट-पे भुक्तानी सेवा

आर्थिक, मुख्य समाचार
काठमाडौँ, माघ ५ । मेगा बैंक नेपाल लिमिटेडले ‘वीच्याट–पे’सँग भुक्तानी सेवाका लागि साझेदारी गरेको छ । यो सम्झौतापछि ‘वीच्याट–पे’ मोबाइल वालेट प्रयोगकर्ताहरुले मेगा बैंक अन्तर्गतका मर्चेन्टहरुमा राखिएका क्यूआर कोड स्क्यान गरी डिजिटल रुपमा रकम भुक्तानी गर्न सकिने ब्यवस्था मिलाइएको छ । नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरु तथा नेपालवाट सामान आयात गर्ने चिनियाँ व्यापारीहरुले अब बिभिन्न सामाग्री तथा सेवाको लागि ‘वीच्याट–पे’ मार्फत रकम भुक्तानी गर्न सक्नेछन् । नेपालमा वर्षेनी लाखौं चिनियाँ पर्यटकहरु आउने गरेका छन् । चीनमा निकै लोकप्रिय रहेका ‘वीच्याट–पे’ मार्फत नेपालमा रकम भुक्तानी गर्न पाउँदा चिनियाँ पर्यटकहरु लाभान्वित हुनेछन् भने राष्ट्रलाई विदेशी मुद्रा आर्जनमा सघाउ पुग्ने मेगा बैंकको विश्वास रहेको छ । डिजिटल बैंकिङ सेवालाई प्राथमिकतामा राख्दै आएको मेगा बैंकले भुक्तानी सेवालाई सहज र ...
मेगा बैंकको अत्याधुनिक भर्चुअल सहायता सेवा सुरु

मेगा बैंकको अत्याधुनिक भर्चुअल सहायता सेवा सुरु

आर्थिक, मुख्य समाचार
काठमाडौ , माघ २ । मेगा बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहकहरुका लागि अत्याधुनिक भर्चुअल (अनलाइन) सहायता शुभारम्भ गरेको छ । ग्राहकहरुलाई छिटो, छरितो र सहजरुपमा बैंकका प्रडक्ट(सेवाका साथै बैंकसँग सम्बन्धित जानकारी, सेवाग्राहीका जिज्ञाशाहरुको पनि सम्बोधन गर्ने उद्देश्यले मेगा बैंकले ‘मेगा इन्टेलिजेन्स भर्चुअल असिस्टेन्ट’ सेवा प्रारम्भ गरेको हो । छोटकरीमा ‘मिभा’ नामाकरण गरिएको यो सेवा इन्टरनेटको पहुँचमा रहेका ग्राहकहरुले २४ सै घण्टा लिन सक्नेछन् । ग्राहकहरुले मेगा बैंकको आधिकारिक वेबसाइट मेगा बैंक नेपाल डटकम वा फेसबुक म्यासेन्जरमार्फत सजिलै यो सहायता लिन सक्नेछन् । वेबसाइटको दायाँतर्फ मेगा बैंकको अफिसियल मासकट ‘कान्छा’ वा ‘कान्छी’ देखिनेछ । त्यसमा क्लिक गरेपछि सेवाग्राहीहरुले मेगा बैंकले प्रदान गरिरहेका बिभिन्न प्रडक्ट-सेवा र जानकारी आफुले छनौट गरेको भाषा नेपाली वा अंग्रेजीमा प्राप्त गर्न ...