Friday, April 26
Shadow

Tag: मेगा केवल

मेगा केवलको लाखौं रकम अपचलन गर्ने पौडेल फरार

मेगा केवलको लाखौं रकम अपचलन गर्ने पौडेल फरार

अपराध, आर्थिक, समाचार
काठमाण्डौँ, पुष २६ मेगा केवल नेटका सञ्चालक श्याम प्रसाद पौडेल संस्थाबाट लाखौं रकम कुम्ल्याएर सम्पर्कविहीन भएका छन् । संस्थाबाट पटकपटक पेश्की भन्दै ३३ लाख ४१ हजार ८ सय ६६ रुपैयाँ रकम लिई उनी सम्पर्कमा नआएका हुन् । पौडेल सम्पर्कमै आउन नचाहेपछि उनीविरुद्ध प्रहरीमा मुद्दा दायर गर्ने तयारीमा मेगा केवलका अन्य सञ्चालकहरु छन् । तर, सोमबार पौडेलविरुद्ध महानगरीय प्रहरी वृत्त बालाजुुमा उजुरी समेत परिसकेको छ । संस्थामा रकम फिर्ता गर्न नआएपछि ताकेता स्वरुप केवलको तर्फबाट विभिन्न राष्ट्रिय दैनिक तथा अनलाइनमा समेत पौडेलको नाममा सूचना प्रकाशन भएको छ । उनीविरुद्ध परेको उजुरीमा संस्थाको पैसा अनाधिकृत रुपमा लिएर उल्टै कार्यालयका कर्मचारीहरुलाई अनावश्यक रुपमा धम्क्याउने,गालीगलौज गर्ने, आफुले भनेजस्तो गर्न दवाव दिने जस्ता दुस्कर्म गरेको पौडेलका एक पार्टनरले बताए । उजुरीमा निज पौडेलले गैरकानू...