Thursday, March 28
Shadow

Tag: मुस्कान खातुन

राष्ट्रपतिले गरिन् मुस्कान खातुनलाई सम्मान

राष्ट्रपतिले गरिन् मुस्कान खातुनलाई सम्मान

मुख्य समाचार, समाज
काठमाण्डौँ, फागुन २४ अमेरिकी सरकारबाट प्रतिष्ठित अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) सम्मान प्राप्त गर्न सफल मुस्कान खातुनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मान गरेकी छिन्। १११औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आयोजना गरेको समारोहमा खातुनलाई सम्मान गरिएको हो। राष्ट्रपति भण्डारीले उनलाई प्रशंसापत्र प्रदान गर्दै दोसल्ला ओढाएर सम्मान गरेकी हुन्। एसिड आक्रमणमा परेकी खातुनले महिला र बालिकाको पक्षमा गरेको संघर्षका कारण प्रतिष्ठित अमेरिकी सम्मान पाएकी हुन्।...
मुस्कान खातुनलाई ‘अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड’

मुस्कान खातुनलाई ‘अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड’

मुख्य समाचार, समाचार, समाज
काठमाडौँ , फागुन २१ । मुस्कान खातुनलाई प्रतिष्ठित ‘अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड (आईडब्लूओसी)’ प्रदान गरिने भएको छ । नेपालस्थित अमेरिकी दूतावासले तेजाब हमला अन्त्यका लागि उनले गरेको कामको प्रशंसा गर्दै यो अवार्ड प्रदान गर्न लागेको जनाएको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा २४ फागुनमा यो अवार्ड प्रदान गरिने भएको छ । अमेरिकी प्रथम महिला जिल बाइडन र विदेश मन्त्री टोनी ब्लिङ्कनले भर्चुअल कार्यक्रमको आयोजना गरि यो अवार्ड प्रदान गर्ने अमेरिकी दूताबासले जनाएको छ । यो अवार्ड प्रायः ठूलो व्यक्तिगत जोखिम र त्यागमा शान्ति, न्याय, मानव अधिकार, लैङ्गिक समानता, र महिला सशक्तीकरणको वकालत गर्ने असाधारण साहस र नेतृत्व प्रदर्शन गरेका विश्वभरका महिलाको सम्मानमा प्रदान गरिँदै आएको छ । यस अघि यो अवार्ड पाकिस्तानमा महिला तथा किशोरीहरूका लागि वकालत गर्ने कामका लागि मलाला युसुफजईलाई प्रदान गरिएको थ...