Friday, March 29
Shadow

Tag: मुलुकमा राष्ट्रिय पार्टी भनेको एमाले मात्र हो– अध्यक्ष ओली

मुलुकमा राष्ट्रिय पार्टी भनेको एमाले मात्र हो– अध्यक्ष ओली

मुलुकमा राष्ट्रिय पार्टी भनेको एमाले मात्र हो– अध्यक्ष ओली

ब्यानर समाचार 2, राजनिती
काठमाडौँ :- नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राष्ट्रिय पार्टी भनेको एमाले मात्र भएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज  कुराकानी गर्दै उहाँले राष्ट्रिय पार्टी भएकाले सबैको आकर्षणको केन्द्र र विभिन्न पार्टी परित्याग गरेर एमाले प्रवेश गर्ने लहर चलेको प्रष्ट पार्नुभयो । अध्यक्ष ओलीले भन्नुभयो, “निर्वाचन लड्ने आँट एमाले मात्र गर्छ, यो रिले रेस होइन म्याराथन दौडिने पार्टी हो ।” उहाँले यो ढोडको लौरो टेक्ने पार्टी होइन आफ्नै खुट्टामा भर परेर हिँड्ने पार्टी भएकाले आगामी निर्वाचनमा बहुमत ल्याउने जिकिर गर्नुभयो । अध्यक्ष ओलीले एमालेको एजेण्डाले देश, जनता, शान्ति, सुव्यवस्था, भ्रष्टाचार नियन्त्रण, विकास र जनताको सेवा एवं हितलाई सम्बोधन गर्ने भएकाले निर्वाचनमा जनताले यसैको पक्षमा मतदान गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आगामी प्रतिनिधिसभा तथा प्...