Friday, March 29
Shadow

Tag: मुख्यसचिव शङ्करदास बैरागी

सिंहदरबारबाटै शासनको नेतृत्व गर्छु : प्रधानमन्त्री दाहाल

सिंहदरबारबाटै शासनको नेतृत्व गर्छु : प्रधानमन्त्री दाहाल

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो तेस्रो कार्यकालमा शासनको नेतृत्व सिंहदरबारबाटै गर्ने सोच बनाएको बताउनुभएको छ । आज दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री कार्यालय मातहतका निकाय र कार्यालयहरूको बैठकमा प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो । बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “मैले सिंहदरबारलाई कार्य सञ्चालनको मुख्य थलोका रूपमा लिएको छु । विगतमा सिंहदरबार बाहिर वा निवासबाट शासन चलाउने काम भएको तीतो अनुभूति तपाईं हामी सबैसँग छ । यसपटक हामीले उक्त गल्ती दोहोर्याउनु हुँदैन । विशेष परिस्थितिमा बाहेक सिंहदरबारबाटै काम गर्ने सोचेको छु ।” “यसपटक सिंहदरबारबाटै शासनको नेतृत्व गर्ने सोचेको छु, यसको विशेष अर्थ छ”। प्रधानमन्त्रीले भन्नुभयो, “प्रधानमन्त्रीले सिंहदरबारबाट काम गर्नु भनेको राज्यका सबै अङ्गहरूको एकीकृत परिचालनको नेतृत्व...