यसपालिको मिस नेपाल प्रतियोगितामा के नयाँ देख्न पाइनेछ ?
काठमाडौ,१९ मंसिर ।
मिस नेपाल २०२० प्रतियोगिताको ‘ग्रान्ड फिनाले’ यही मङ्सिर २० गते शनिवार आयोजना हुनेछ ।‘कोभिड – १९’ का कारण स्थगित प्रतियोगिताको अन्तिम चरणको प्रतिस्पर्धा यही शनिवार बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा हुने भएको हो ।
प्रतियोगितामा काठमाडौंसहित देशका ९ मुख्य शहरहरुमा गरिएको अडिसनबाट छानिएका २१ सहभागीहरुबीच प्रतिस्पर्धा हुुने छ । उनीहरुलाई ३ हप्तासम्म भर्चुअल तालिम दिइनुका साथै १५ दिनको कडा आवाशीय प्रशिक्षणमा राखिएको थियो ।
कहिले निर्णायकको अभिव्यक्ति त कहिले निर्णयमा भएको धाँधलीका कारण विवादमा मुछिरहने मिस नेपाल प्रतियोगितामा यसपटक केही नयाँ अभ्यास पनि गरिएको छ । आयोजकका अनुुसार यसपालि प्रतियोगितामा ‘मिस टुरिजम’ र ‘वुमन इन सस्टेन्स’ नामक दई उपाधि थपिएका छन् । पर्यटन बोर्डसँगको सहकार्यमा मिस टुरिजम उपाधि थपिएको हो । दुुवै उपाधिले शारीरिक सुन्दरता र ...