Saturday, April 27
Shadow

Tag: मलेसिया

कोरोना महामारी रोक्न मलेसियामा संकटकाल घोषणा

कोरोना महामारी रोक्न मलेसियामा संकटकाल घोषणा

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस २९ । कोरोना भाइरसको महामारी रोक्नका लागि मलेसियाले संकटकाल घोषणा गरेको छ। मंगलबार प्रधानमन्त्री मुहयिदिन यासिनको सिफारिसमा राजा अल सुल्तान अब्दुल्लाले संकटकाल घोषणा गरेका हुन्। यो संकटकाल कोरोनाको अवस्था हेरेर १ अगस्टसम्म वा त्यसभन्दा अघि नै खुकुलो पनि हुनसक्ने दरबार स्रोतले जनाएको छ। संकटकाल घोषणाको अर्थ कानूनत संसद् स्वतः निलम्बन हुनेछ। र, प्रधानमन्त्री यासिनले आफ्नै ढंगले सरकार सञ्चालन गर्ने सामथ्र्य राख्नेछन्। सोमबारसम्म यासिनले संकटकालको कुनै संकेतसम्म पनि गरेका थिएनन्। त्यसैले, राजनीतिक वृत्तमा यो निर्णयले ठूलो झट्का दिएको छ। ‘यो कदमले जनताको व्यक्तिगत सुरक्षा र देशको चासोलाई पनि सम्बोधन गरेको छ। पछिल्लो कोभिड १९ तथ्याङ्कलाई समेत आधार मानेर यो निर्णय लिइएको हो,’ राजदरबारद्धारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ। राजा र प्रधानमन्त्रीबीच सोमबार साँझ भेटघाट भएको पन...