Friday, May 10
Shadow

Tag: मन्त्री रायमाझी

आन्दोलन होइन, अब सहमति आवश्यकः मन्त्री रायमाझी

आन्दोलन होइन, अब सहमति आवश्यकः मन्त्री रायमाझी

ब्यानर समाचार, राजनिती
काठमाडौं, पुस ११ । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले प्रधानमन्त्रीविरुद्ध षड्यन्त्र भएकै कारण देशमा राजनीतिक अस्थिरता निम्तिएको बताएका छन् । ललितपुरको टौखेलमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । आन्दोलनबाट भन्दा सहमतिमा सरकारको काममा सहयोग गर्न विपक्षीहरुलाई आग्रह गरे । उनले मुलुकमा उत्पन्न राजनीतिक परिस्थिति सम्हाल्न आफू पनि सरकारमा आइपुगेको बताए । उनले भने, ‘जतिदिन सकिन्छ, सरकारलाई व्यवस्थित बनाउने काम म गर्नुे छु। बिग्रने थालेको राजनीतिलाई सिस्टममा ल्याउन म पनि पहल गर्ने छु।’ आन्दोलनबाट भन्दा सहमतिबाट अघि बढ्दा मुलुकको हित हुने उनको भनाइ थियो । कार्यक्रममा अब आउने बैशाख १७ गते र २७ गते हुने निर्वाचनमा सक्रिय सहभागी हुन कार्यकर्ताहरुलाई निर्देशन समेत दिइएको छ । कार्यक्रममा नेकपाको ओली पक्षका केन्द्रीय सदस्यहरु सुशीला ...