Thursday, April 25
Shadow

Tag: मन्त्रिपरिषद्

मन्त्रिपरिषद्‌द्वारा फागुन २३ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

मन्त्रिपरिषद्‌द्वारा फागुन २३ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ, फागुन १४ । सरकारले यही फागुन २३ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले फागुन २३ गते प्रतिनिधिसभा बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिसको निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शिवमाया तुम्बाहाङ्फेले जानकारी दिइन् । उनका अनुसार बैठकमा मन्त्रालयगत नियमित एजेन्डाहरुमा पनि छलफल भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् । विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेका थिए । सर्वोच्चले ती मुद्दाहरूमाथि सुनुवाइ गर्दै फागुन ११ गते प्रधानमन्त्रीको सिफारिस र राष्ट्रपतिको विघटन घोषणा असंवैधानिक भन्दै प्रतिनिधिसभा पुनस्स्थापना गरेको थियो । सर्वोच्चले १३ दि...
मन्त्रिपरिषद्को निर्णय :  पहिलो चरणमा ४० र दोस्रो चरणमा ३७ जिल्लामा निर्वाचन

मन्त्रिपरिषद्को निर्णय : पहिलो चरणमा ४० र दोस्रो चरणमा ३७ जिल्लामा निर्वाचन

ब्यानर समाचार, राजनिती
काठमाडौं, माघ २७ । सरकारले पहिलो चरणमा ४० जिल्ला र दोस्रो चरणमा ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को सोमबारको बैठकको निर्णय मंगलबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता पार्वत गुरुङले पहिलो चरणमा आगामी १७ वैशाखमा प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका ४० जिल्लामा र दोस्रो चरणमा २७ वैशाखमा प्रदेश १, बागमती र कर्णाली प्रदेशका ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय भएको जानकारी दिए । सरकारको तर्फबाट निर्वाचनको सबै तयारी पूरा भइसकेको उनले बताए । अदालतले अन्तरिम आदेश नदिएको, सुरक्षा थ्रेट पनि नभएको जानकारी प्रधानमन्त्रीले आयोगमा गराएको पनि उनले बताए । निर्वाचन आयोगले पनि छिटो निर्वाचनको कार्यतालिका प्रकाशित गर्ने बताएको उनको भनाइ छ ।...