Thursday, April 25
Shadow

Tag: मध्य भोटेकोशी

मध्य भोटेकोशीको आईपीओ भोलिदेखि बिक्री खुला

मध्य भोटेकोशीको आईपीओ भोलिदेखि बिक्री खुला

आर्थिक, टिप्स, ब्यानर समाचार, समाचार
काठमाण्डौँ, असोज १९ मध्य भोटेकोशी जलविद्युत कम्पनीले भोलि (असोज २० गते, मंगलबार) देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले ९० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ९० लाख कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । जसमध्ये ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र बाँकी ८१ लाख ९० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको छ । कम्पनीको आईपीओमा असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा पूर्ण आवेदन नपरेमा कात्र्तिक ३ गतेसम्म आवेदन दिन सकिनेछ । कमपनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ता शेयरका लागि आवेदन दिन पाइनेछ ।...