Friday, April 26
Shadow

Tag: मणि थापा

श्री ५ को सरकार भनेपछि खानेपानी मन्त्री आलोचित, मागे माफि

श्री ५ को सरकार भनेपछि खानेपानी मन्त्री आलोचित, मागे माफि

ब्यानर समाचार, राजनिती, समाचार
खानेपानी तथा सरसफाइमन्त्री मणि थापाले माफि मागेका छन् । एउटा सभामा सम्बोधनका क्रममा उनले 'श्री ५ को सरकार' भनेकोमा माफी मागेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाका नेतासमेत रहेका मन्त्री थापाले सुर्खेतमा शनिबार आयोजित सभामा 'नेपाल सरकार' भन्नुपर्नेमा 'श्री ५ को सरकार' भनेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले भनेका थिए, 'सबैलाई सम्मान गर्न चाहन्छु जो मञ्चमा आसीन हुनुहुन्छ । र सुर्खेतका आदरणीय जनसमुदायहरु म सबैलाई नेकपा स्थायी समितिको तर्फबाट र श्री ५ को सरकारको तर्फबाट यो कार्यक्रममा ‘ए सरी नेपाल सरकारको तर्फबाट यो कार्यक्रममा तपाईंहरुलाई लाल सलाम भन्न चाहन्छु ।' मन्त्री थापाले श्री ५ को सरकार भनेपछि उनको भिडियो सामाजिक सञ्जालमा भाइरल नै भएको छ । सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि आइतबार बिहान मन्त्री थापाले स्पष्टीकरण दिँदै माफी मागेका छन् । म...