Thursday, May 2
Shadow

Tag: भुलभुले दुधकुण्ड

खोटाङको भुलभुले दुधकुण्ड पर्यटकिय स्थलको रुपमा विकसित हुदै

खोटाङको भुलभुले दुधकुण्ड पर्यटकिय स्थलको रुपमा विकसित हुदै

समाचार, समाज, स्थानिय तह
३२ साउन, काठमाण्डौं केशब श्रेष्ठ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ६ स्थित नेर्पामा रहेको भुलभुले दुधकुण्ड हलेसी पछिको जिल्लाकै उत्कृष्ट धार्मिक तथा पर्यटकिय स्थलको रुपमा विकसित हुदै आएको छ । गणेश, शिवजि र बुढा निलकण्ठ भगवानको मुर्ति रहेकाले यहँ साउनको सोमबार शिवजीको पुजा गर्न शिवभक्त जाने गरेका छन् । यस मन्दिरमा विशेष त बालाचतुर्दशी र राम नवमीमा ठुलो मेला लाग्ने गरेको छ । त्यस्तै ऋषि तर्पणी पुर्णिमामा पनि धामी झांक्री जाने र नुहाउने प्रचलन रहेको छ । भुलभुले दुधकुण्डमा खोटाङ लगायत छिमेकि जिल्ला ओखलढुङ्गा, सोलुखुम्बु, भोजपुर, उदयपुर, सिन्धुली र भारतका समेत पर्यटक तथा भक्तजन आउने गरेका छन् । यस मन्दिरमा पुजाआजा गर्नाले मनोकामना पुरा हुने जनविश्वास रहेको छ । यस ठाउलाई यलम्बर राजाले राज्य गरेको ठाउ पनि भनिन्छ । यस क्षेत्रका स्थानियहरु होमस्टे सन्चालन गर्ने तयारिमा लागेका छन्...