Thursday, April 25
Shadow

Tag: भारतीय अतिक्रमण

लिपुलेकमा भारतीय अतिक्रमण बढ्दो, नेपाल सरकार दृढ र स्पष्ट

लिपुलेकमा भारतीय अतिक्रमण बढ्दो, नेपाल सरकार दृढ र स्पष्ट

अन्तर्राष्ट्रिय, राजनिती, समाचार
०३ माघ,काठमाडौं ।     उत्तराखण्डको हल्द्वानी पुगेर चुनावी र्‍यालीलाई सम्बोधन गर्दै १५ पुसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेकमा सडक विस्तार गरिरहेको बताए । सन् २०२२ भित्रै कालोपत्रे गर्ने लक्ष्य रहेको पनि सुनाए । सीमाविदहरूका अनुसार मोदीले सडक विस्तार गरिरहेको भनेको ुलिपुलेक क्षेत्रु भारतीय भूमिमा पर्दैन, त्यो भू(भाग नेपालभित्र पर्छ । र, सडक निर्माण भइरहेको लिपुलेक क्षेत्र नेपालको राजनीतिक नक्सामा पनि समावेश छ । संविधानमा समेत उल्लेखित छ । ऐतिहासिक तथ्य र प्रमाण मात्रै नभएर परम्परागत सीमा सिद्धान्तका आधारमा पनि लिपुलेक नेपाली भूमि भएको प्रामाणिक हुने नेपाल सरकारको दाबी छ । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबार मोदीले सडक बनाइरहेको भनेको लिपुलेक क्षेत्र नेपालको अभिन्न भूभाग रहेको स्पष्ट पारेका छन् । ...