Friday, April 26
Shadow

Tag: भारतमा ट्रक दुर्घटना

भारतमा ट्रक दुर्घटनामा ज्यान गुमाउनेको संख्या १५ पुग्यो, ट्रक र चालक प्रहरी नियन्त्रणमा

भारतमा ट्रक दुर्घटनामा ज्यान गुमाउनेको संख्या १५ पुग्यो, ट्रक र चालक प्रहरी नियन्त्रणमा

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, मुख्य समाचार
काठमाडौं , माघ ६ । भारतको गुजरातस्थित सूरतमा ट्रक दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । सोमबार राती फुटपाथमा सुतिरहेका मजदुरमाथि अनियन्त्रित ट्रक जोतिँदा १२ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने ३ जनाको उपचारको क्रममा मृत्यु भएको छ । प्रहरीका अनुसार मृतकमध्ये ९ जनाको पहिचान गरिएको छ । मृत्यु हुनेमा २ वर्षकी बालिका र एक वर्षका बालक पनि समावेश छन् । यस्तै ६ महिनाको बालिकाको भने ज्यान बचेको छ । उनी आमाबुवासँग सुतिरहेकी थिइन् । दुर्घटनापछि शवको बीचबाट बालिका रोएको आवाज सुनेर प्रहरीले उनलाई उद्दार गरी अस्पताल पुर्याएको छ । बालिकाका आमा–बुवाको मृत्यु भएको छ । उखु बोकेको ट्याक्ट्ररसँग ठोक्किएपछि ट्रकका चालकले नियन्त्रण गुमाउँदा ट्रक फुटपाथमा गुडेको भारतीय पत्रिका दैनिक भास्करले उल्लेख गरेको छ । प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।...