Tuesday, April 16
Shadow

Tag: भारतको आसाम राज्य

भारतको आसाममा एक लाख सरकारी घर बनाइने

भारतको आसाममा एक लाख सरकारी घर बनाइने

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2, समाचार
भारतको आसाम राज्यमा सरकारले एक लाख घर बनाउने भएको छ । प्रधानमन्त्री आवास योजना अन्तर्गत ती घरहरु बनाउने तयारी गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । आसामका पञ्चायत तथा ग्रामिण विकास मन्त्री रन्जीत कुमार दासले आगामी सेप्टेम्बर १७ देखि ती घर बनाउने कार्य सुरु हुने जानकारी दिनुभयो । सरकारले बनाउने ती घरबाट १६ लाख मानिस लाभान्वित हुने पनि उहाँले शनिबार बताउनु भएको छ । ती घरहरु प्रदेशका विभिन्न ठाउँमा बनाइने भएका छन् । सरकारले घरवार विहिन रहेका, न्युन आय भएका परिवारलाई छानेर घर बनाइदिने योजना अनुसार ती घरहरु बनाउन लागिएको हो । ती घर निर्माण सम्पन्न भएपछि सरकारले उनीहरुलाई हस्तान्तरण गर्नेछ । भारतको केन्द्र सरकारले देशका अन्य प्रदेशहरुमा पनि प्रधानमन्त्री आवास योजना लागू गरि घरवार विहिनहरुलाई घर दिने कार्यक्रम बनाएको छ । ...