Saturday, May 23
Shadow

Tag: भागरथी हत्या आरोपी भट्ट

भागरथी हत्या आरोपी भट्टमाथि अनुसन्धानका लागि पुनः ५ दिनको म्याद थप

भागरथी हत्या आरोपी भट्टमाथि अनुसन्धानका लागि पुनः ५ दिनको म्याद थप

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागुन १० । भागरथी हत्या आरोपी किशोर दिनेश भट्टमाथि अनुसन्धानका लागि पुनः ५ दिनको म्याद थप गरिएको छ । हत्यामा संलग्नता रहेको आरोपमा गत बुधबार प्रहरीले सार्वजनिक गरेका दिनेशमाथि अनुसन्धानका लागि जिल्ला अदालत बैतडीले ५ दिनको म्याद दिएको थियो । उक्त म्याद सकिएपछि पुनः थप ५ दिनको अनुमति लिएर अनुसन्धान जारी राखिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । बुधबार नै भागरथीका दाजु शंकर भट्टले दिनेशविरुद्ध कर्तव्य ज्यान र बलात्कारसम्बन्धी कसुरमा कारबाहीका लागि जाहेरी दर्ता गरेका थिए। गत माघ २१ गते विद्यालयबाट घर फर्किएकी भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते घर नजिकै रहेको लवलेक जंगलमा उनको शव बीभत्स अवस्थामा भेटिएको थियो। त्यसपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा उक्त घटनामा दिनेशको संलग्नता रहेको भन्दै गत बुधबार सार्वजनिक गरेको थियो।  ...