Wednesday, May 8
Shadow

Tag: भागरथी हत्याकाण्ड

भागरथी हत्याकाण्ड :  बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको पुष्टि, थप अनुसन्धान जारी

भागरथी हत्याकाण्ड : बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको पुष्टि, थप अनुसन्धान जारी

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं , माघ २६ । बैतडीको दोगडाकेदार गाउँपालिका ७ की १७ बर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि घाँटी थिचेर हत्या भएको पोष्र्टमार्टम रिपोर्टमा देखिएको छ। जिल्ला अस्पताल बैतडीमा गरिएको पोस्टमार्टम रिपोर्टबाट उनको बलात्कारपछि घाँटी थिचेर हत्या भएको पुष्टि भएको प्रहरीले जनाएको छ। सामूहिक बलात्कार हो वा होइन भन्ने बारेमा थप परीक्षण भइरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख उत्तमराज सुवेदीले जानकारी दिए। सोमबार आएको रिपोर्टमा कज अफ डेथ खण्डमा ‘डेथ ड्यु टु स्ट्याङ्गुलेसन’ लेखिएको छ। भागरथीको बलात्कारपछि हत्या भएको हो। रिपोर्टमा शरीरको विभिन्न भागमा स–साना दागहरु पनि देखिएका छन्। त्यसले उनलाई घिसारिएको हुनसक्ने संकेत गरेको अनुसन्धान अधिकारीहरु बताउँछन्। यता भट्ट हत्याको घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी...