Friday, March 29
Shadow

Tag: भक्तपुरका शक्तिपीठमा दर्शनार्थीको भीड

भक्तपुरका शक्तिपीठमा दर्शनार्थीको भीड

भक्तपुरका शक्तिपीठमा दर्शनार्थीको भीड

ब्यानर समाचार 2
घटस्थापनाका दिन आज बिहानैदेखि ब्रह्मायणी मन्दिर सहित अन्य धार्मिक स्थानमा दर्शनार्थीको भीड लागेको छ ।   भक्तपुरका नौ शक्तिपीठमा  घटस्थापनाको दिनबाट यहाँका विभिन्न नौ शक्तिपीठमा नवरात्रि मेला लाग्ने गर्दछ । रातका समयमा यहाँका बासिन्दाले विभिन्न बाजागाजासहित टोलटोलबाट राति मन्दिरमा गएर  पूजा गर्ने र मेला भर्ने परम्रपरा रहेको छ ।  नवरात्रि मेलामा पहिलो दिन ब्रह्मायणी, दोस्रो दिन महेश्वरी, तेस्रो दिन कुमारी, चौथो दिन भद्रकाली, पाँचौँ दिन बाराही, छैटौँ दिन इन्द्रायणी, सातौँ दिन महाकाली, आठौँ दिन महालक्ष्मी, नवौँ दिन त्रिपुरासुन्दरी र अन्तिममा विजयादशमीको दिन पुनः ब्रह्मायणीमा भव्य मेला गर्दै दशैँ समापन गर्ने प्रचलन छ । नवमीको दिन राति महिषासुरु दैत्यको प्रतीकका रुपमा लिइने खमेय जात्रा मनाउने गरिन्छ । नवदुर्गा मन्दिरबाट मदिरा सेवा गराई पूजा गरेको खमये (राँगो) लाई दौडाउँदै ल्याएर ब्रह्मा...