Thursday, March 28
Shadow

Tag: बेलायत

बेलायतका नयाँ राजा चाल्र्स तृतीय ः जीवनभर सेवामा समर्पित हुने प्रतिबद्धता

बेलायतका नयाँ राजा चाल्र्स तृतीय ः जीवनभर सेवामा समर्पित हुने प्रतिबद्धता

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2, समाचार
बेलायतका नयाँ राजाले राजाको जिम्मेवारी सम्हालेपछि पहिलो सम्बोधन गर्नुभएको छ । राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले आफू पनि आफ्नी आमाले झै आफ्नो जीवन पुरै सेवामा समर्पित गर्ने घोषणा गर्नुभएको छ । बेलायतकी महारानी एलिजावेथ द्वितीयको गत बिहीबार निधन भएपछि उहाँका जेठा छोरा चाल्र्स तृतीयले राजाको जिम्मेवारी पाउनुभएको हो । राजाको रूपमा पहिलो सम्बोधन गर्ने क्रममा उहाँले आफू आफ्नो माताको निधनबाट अत्यन्त दुखी रहेको उल्लेख गर्नुभएको छ । उहाँले आफ्नी आमालाई आफु र आफ्नो परिवारका लागि प्रेरणा र उदाहरणको पात्रका रूपमा चित्रित गर्दै उहाँको प्रेम, स्नेह, मार्गदर्शन, बुझाइ र उदाहरणका लागि अरू परिवारले आफ्नी आमासँग महसुस गर्ने जस्तै गरी आफू पनि ऋणी रहेको बताउनुभयो । उहाँले भन्नुभएको छ, “महारानी एलिजाबेथको जीवन सार्थक रह्यो, उहाँले नियतिका साथ गरेको प्रतिबद्धता पूरा गर्नुभयो र उहाँको निधनमा गहिरो दुःख छ ।...
बेलायत पुग्नेले अनिवार्य रुपमा क्वारेन्टाइन बस्नुपर्ने, तर कति दिन ?

बेलायत पुग्नेले अनिवार्य रुपमा क्वारेन्टाइन बस्नुपर्ने, तर कति दिन ?

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं, माघ २३ । बेलायतमा पुग्ने पर्यटकहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ । बेलायत सरकारले यही फेब्रुअरीको १५ तारिखदेखि यस्तो नियम बनाएको हो । बेलायत पुग्ने विश्वका विभिन्न ३० देशका पर्यटकहरु अनिवार्य रुपमा क्यारेन्टाइनमा बस्नुपर्ने भएको हो । यस्तो क्वारेन्टाइन बेलायतको सरकारले आफैले तोकेको मापदण्डअनुसार हुने पनि बताइएको छ । बेलायत सरकारले होटल, लज तथा अन्य स्थानमा आवश्यक मापदण्डहरु पूरा गरी यस्तो क्वारेन्टाइन निर्माण गर्ने र कोरोना महामारी बढी प्रभावित रहेका विश्वका ३० देशका नागरिक बेलायत पुगेमा ती क्वारेन्टाइनहरुमा बस्नुपर्ने नियम बताइएको छ । बेलायतमा नयाँ प्रजातिको भाइरस भित्रिन नदिनका लागि यो नयाँ प्रतिबन्दको घोषणा गरिएको बेलायत सरकारले बिहीबार जानकारी दिएको छ । दक्षिण अमेरिका, दक्षिण अफ्रिकालगायतका देशका नागरिकलाई यो प्रतिबन्द लगाइएको छ । ती देशका नाग...
विश्वव्यापी खोपका लागि बेलायतद्वारा १ अर्ब डलर प्रदान गर्ने घोषणा

विश्वव्यापी खोपका लागि बेलायतद्वारा १ अर्ब डलर प्रदान गर्ने घोषणा

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2, समाचार, स्वास्थ्य
काठमाण्डौँ, पुष २६ बेलायतले जोखिममा रहेका मुलुकका लागि कोरोनाभाइरस विरुद्धको खोप सहज आपूर्तिको व्यवस्था मिलाउन एक अर्ब डलर जुटाउने जनाएको छ । यो रकम विश्वका विभिन्न दाताहरुबाट संकलन गरिएको बेलायत सरकारले बताएको छ । बेलायत सरकारले अन्य दाताले ४ डलर दिए आफ्ना तर्फबाट एक पाउन्ड रकम कोभाक्समा राख्ने जनाएको छ । कोभाक्सका लागि बेलायतले यसअघि नै ५४ करोड ८० लाख डलर अनुदान दिइसकेको छ । क्यानाडा, जापान र जर्मनीले मुख्य रुपमा कोभाक्स कोषमा रकम जम्मा गरिरहेका छन् । यस कोषका लागि १ अर्ब ७० करोड डलरसम्म प्रदान गर्ने योजना दाताहरुको रहेको छ । बेलायती विदेश मन्त्रालयका अनुसार यसै वर्षभित्र ९२ वटा विकासशील मुलुकका लागि कोषबाट एक अर्ब कोभिड–१९ को खोप वितरण गरिने छ । विदेशमन्त्री डोमिनिक राबले जारी गर्नु भएको विज्ञप्तिमा यो विश्वव्यापी समस्या रहेकाले सबैलाई यस अभियानमा सहभागी गराउनुको विकल्प नरह...